३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

बाग्लुङ समाज दक्षिण कोरियाको अध्यक्षमा भूमिराज सर्वसम्मत



काठमाडौँ । बाग्लुङ समाज दक्षिण कोरियाको अध्यक्षमा भुमिराज भुसाल सर्वसम्मत चयन भएका छन् । यसै हप्ता दक्षिण कोरियामा भएको १० औँ अधिबेशनबाट भुसाल अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् ।

यसअघि भुसाल विवेकशील साझा पार्टीको दक्षिण कोरियाको संयोजक थिए । कोरियामा रहेर समाजसेवामा अग्रणी रहेका उनले अहिलेसम्म लाखौँ रुपैयाँ प्रवासीकै हकहितको लागि खर्चिएका छन् भने नेपालमा पनि दुखी पीडितको लागि रकम संकलन गरेर पठाउने काम पनि गरिसकेका छन् ।

अध्यक्षमा निर्वाचित भएपछि उनले सरसल्लाहा दिने, आफूलाई भरोसा र विशवास गर्ने सबैलाई धन्यबाद दिए । अब आफूले कामको शिलशिलामा दक्षिण कोरियामा रहेका सबै नेपालीहरुको हक, अधिकार र समस्याबारे काम गर्ने बताए ।

१५ सदस्यीय समाजको वरिष्ठ उपाध्यक्ष राजु नेपाली, उपाध्यक्षमा केदार गौतम, दुर्गा बहादुर गुरुङ, सोम ढकाल, सचिबमा केशब आचाय, सह सचिबमा विशाल थापा, कोषाध्यक्ष अमृत वाग्ले, सह कोषाध्यक्ष नारायण शर्मा रहेका छन् भने विकाश सेन, निसान चन्द ठकुरी, महेन्द्र थापा, दल ब.थापा, शिब क्षेत्री, अनिल शर्मा, हरी आचार्य सदस्यमा रहेका छन् ।

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार  २ : ५२ बजे