४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

लुम्बिनीमा राम कथाः दैनिक २ हजार विदेशी भक्त, १७० देशमा प्रत्यक्ष प्रसारण



लुम्बिनी । आगामी माघ २१ गतेदेखि बुद्ध जन्मस्थल लुम्बिनीमा ‘राम कथा मोरारी वापु’ हुने भएको छ ।
राम कथा प्रेम यज्ञ समिति लुम्बिनीको आयोजनामा माघ २९ गतेसम्म अन्तर्राष्ट्रिय ध्यान केन्द्रको सभाहल (५हजार क्षमता)  मा  कथा र प्रवचन हुन लागेको पत्रकार सम्मेलनमार्फत् बुधबार जानकारी गराइएको थियो ।

साँचो प्रेम र करुणाको सन्देश लिएर राम कथाको माध्यमबाट संसारभर यात्रा गरिरहेका भारतका प्रसिद्ध वाचक ‘मोरारी वापु’ले हरेक दिन १० बजेदेखि साढे १ बजेसम्म भगवान राम र उनको जीवनबारे कथा र प्रवचन दिने कार्यक्रम रहेको समितिका संयोजक राजेश कुमार अग्रवालले जानकारी दिए ।

पछिल्लो डेढ वर्षमा बापुले गर्न लागेको यो तेश्रो कथा हो भने वापुले गरेका मध्ये ९ सय १२ औँ यज्ञ हो । भारतको बोधगया, कुशीनगर र सारनाथमा वापुले कथा वाचन गरिसकेका छन् भने नेपालको काठमाण्डौँ, जनकपुर तथा तिलिचो तालमा पनि राम कथा भइसकेको छ । यसै अवसरमा वापुले लुम्बिनीमा ९ सय १२ रुख लगाउनेसमेत कार्यक्रम रहेको कृष्ण कुमार जालान्ले बताए ।

उनका अनुसार कथा सुन्नको लागि भारतका बिभिन्न सहरबाट २ हजार भक्तजन आउने र उनीहरु कथा अवधिभर लुम्बिनीमा रहने छन् ।
कथालाई विश्वका १ सय ७० भदा बढी देशमा आस्था टेलिभिजनबाट प्रत्यक्ष रुपमा प्रसारण गर्ने ब्यवस्था मिलाईएको पनि पत्रकार सम्मेलनमार्फत् जानकारी गराइएको छ ।

यस अवसरमा नेपालका धेरैभन्दा धेरै भक्त कथा श्रवण गर्न आउने विश्वास लिइएको संयोजक अग्रवालले बताए । दैनिक हजारौलई निशुल्क भोजनको समेत बयवस्था गरिएको कार्यक्रममा १ करोड भारतीय रुपैयाँ खर्च हुने बताइएको छ । रुपन्देही र कपिलवस्तुका ३ दर्जन बढी पत्रकार सहभागि रहेको कार्यक्रमको सहजीकरण पत्रकार गौतम भुसालले गरेका थिए ।

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार  २ : ३२ बजे