१ आश्विन २०८१, मंगलबार | Wed Sep 18 2024

उद्योग व्यापार संघ कपिलवस्तुको पहिलो साधारण सभा भोलि



कपिलवस्तु । उद्योग ब्यापार संघ कपिलवस्तुको पहिलो साधारण सभा एवम् अधिवेशन मंगलबार हुने भएको छ । भोलि (मंगलबार) वाणगंगा ४ स्थित होटल धौलागिरीमा साधारण सभा हुने भएको हो ।

साधारण सभाले २९ सदस्यीय नयाँ कार्यसमिति र ३ सदस्यीय लेखा समिति चयन गर्ने बताइएको छ । कार्यक्रममा नेपाल उद्योग ब्यापार महासंघका केन्द्रिय अध्यक्ष खेम भण्डारी प्रमुख अतिथिको रुपमा आउने छन् भने महासचिव खेम पराजुली लगायतका उद्योगी नेता पनि सहभागि हुनेछन् ।

राष्ट्रिय स्तरमा महासंघ संगठित भइसकेपछि यस क्षेत्रका ब्यापारी ब्यवसायीको सक्रियतामा कपिलवस्तुमा पनि संघ गठन भएको हो । संस्थापक अध्यक्षमा अहिले क्रसर व्यवसायी हुमानाथ पौडेल अध्यक्ष छन् ।

प्रकाशित मिति : ९ माघ २०७९, सोमबार  ७ : १० बजे