२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

राष्ट्र बैंकको सूचनालाई वेवास्ता गर्दै डलर विदेश लान पाँच तारे होटलमा धन्दा



काठमाण्डौँ । नेपाल राष्ट्र बैंकले नेपाल बसेर विदेशमा लगानी गर्न नपाइने प्रचलित कानुनबारे गत साता नेपालका डलर अर्बपतिदेखि नेपाली अर्बपतिहरूलाई दिएको सूचनालाई अपमान गरिएको छ । उक्त सूचनाको बर्खिलाप हुनेगरी आज सोल्टी होटलमा युनाइटेड अरब इमिरेट्सको दुबईमा डलर पुर्याउने र त्यहाँको घर जग्गा किन्नेसम्बन्धमा दुई दर्जन व्यवसायीले कडा सुरक्षाबीच कार्यक्रम गरेका छन् ।

बिचौलिया दिपक भट्टको शंकास्पद कारोबारबारे अघिल्लो साता खबर बाहिरिएलगत्तै प्रकाशित बैंकको उक्त सूचनाले विदेश गएर छोराछोरीको विवाहमा करोडौं खर्चने,हुण्डी कारोबारबाट डलर विदेशमै राख्ने र बाहिर कमाएको रकममध्ये सुको यता नल्याउनेलाई झस्काएको बताइएको थियो । तर,आज तिनैमध्येका केहीले खुल्लमखुल्ला सोल्टीमा विदेशी विनिमय ९नियमित गर्ने० ऐन २०१९ को दफा १० ९क० अन्तर्गत विदेशमा लगानी गर्न प्रतिबन्धित व्यवस्थाको प्रतिकूल हुने कार्यक्रम गरेका हुन् ।

मारवाडी समुदायका व्यवसायीहरू र पछिल्लो पटक दीपक भट्टसमेत विदेशतिर घरजग्गामा लगानी गर्ने योजनामा हिँडेको सूचना पाएपछि केन्द्रीय बैंकले पहिलो चरणमा जनाउ दिने उध्देश्यसहित गत साता सूचना प्रकाशित गरेको थियो । हिजो र आज गर्ने भनिएको कार्यक्रम दिउँसोदेखि आज सोल्टीमा आयोजन गरिएको हो ।

छलफलमा डेढ दर्जन मारवाडी समुदायका व्यवसायी र आधा दर्जन अन्य रहेको सोल्टीको मार्केटिङ विभाग स्रोतले पुष्टि गरेको छ । आगामी भ्यालेन्टाइन्स डेको अवसर पारेर संयुक्त अरब इमिरेट्सको दुबईमा घरजग्गा तथा सम्पत्ति प्रदर्शनी हुँदैछ । युएईले विदेशी लगानी भित्र्याउन दुबईमा इन्टरनेशनल प्रोपर्टी शोको नाममा फेब्रुअरी १२ देखि १४ तारिखसम्म इन्टरनेशनल रियल इस्टेट एक्जिबिसन गर्दैछ ।

त्यसका लागि विशेषगरी दक्षिण एशियाका धनी व्यवसायीलाई आकर्षण गर्न अहिले विभिन्न मुलुकका महँगा होटलमा कार्यक्रम भइरहेको छ । सोही क्रममा काठमाडौंको होटल सोल्टीमा पनि दुबईमा गरिने लगानी र किन्न सकिने सम्पत्तिबारे जानकारी गराइएको थियो ।

काठमाडौं नेपाल दुबई प्रोपर्टी शोको नाममा गरिएको विज्ञापनमा आज लगानी गरेर भविष्य सुरक्षित तुल्याउन आग्रह गरिएको छ । सम्पर्कको निम्ति भारतीय टेलिफोन नम्बर ९१ ९७१११ ०१८३३ र सोही नम्बरको ह्वाट्सएप दिइएको छ । दुबईमा लगानी गर्नेलाई त्यहाँको गोल्डेन भीसा प्राप्त गर्ने सुनौलो अवसर आयो पनि भनिएको छ ।

ूउक्त गोप्य कार्यक्रममा सहभागी हुन पुगेका व्यवसायीको पासपोर्टलगायतका कागजात जफत गर्न नेपाल प्रहरीको एउटा टोली अहिले भर्खर सोल्टी पुगेको बताइएको छ ।ू

केन्द्रीय बैंकले नेपालमा बसोबास गर्ने कुनै पनि व्यक्तिले कुनै पनि किसिमले विदेशमा लगानी हुनेगरी कुनै पनि कार्यहरु गर्न नपाउने जानकारी गराएको छ । उक्त ऐनमा विदेशमा घरजग्गा खरिद,धितोपत्र खरिद,सम्पत्ति खरिद,विदेशी बैंक तथा वित्तीय संस्थामा निक्षेप जम्मा गर्नेलगायत पुँजीगत प्रकृतिका कारोबार र सोसम्बन्धी प्रचारप्रसार समेत गर्न नपाइने व्यवस्था छ ।

तर आज ती प्रतिबन्धित कार्यलाई सहयोग पुग्नेगरी सोल्टीमा नेपालमा बसोबास गर्दै आइरहेका व्यवसायीले कार्यक्रम गरेका हुन् । यससम्बन्धी समाचार जनआस्था साप्ताहिकको गत बुधबारको अंक र जनआस्था अनलाइनमा गत शुक्रबार ‘विदेशतिर पैसा ओसार्न खोज्ने यी वरिष्ठहरु’ शीर्षकमा समाचार प्रकाशित भएको थियो ।

उक्त गोप्य कार्यक्रममा सहभागी हुन पुगेका व्यवसायीको पासपोर्टलगायतका कागजात जफत गर्न नेपाल प्रहरीको एउटा टोली अहिले भर्खर सोल्टी पुगेको बताइएको छ ।

प्रकाशित मिति : ८ माघ २०७९, आइतबार  ७ : ०० बजे