५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

यसरी ल्होसारको रमझममा रमाए तामाङ समुदाय 



काठमाण्डौँ । तामाङ समुदायले आइतवार देशभर सोनाम ल्होछार पर्व भव्यतापूर्वक मनाएका छन्।
तामाङ समुदायले काठमाडौं उपत्यकासहितका स्थानमा हर्षोल्लासपूर्ण सोनाम ल्होछार मनाएका हुन्।

ल्होसारको अवसरमा काठमाडौंको टुँडिखेलमा पनि विशेष महोत्सव र मेलाको आयोजना गरिएको छ।

तीन दिनसम्म टुँडिखेलमा तामाङ समुदायले ल्होसार पर्वको अवसरमा सांस्कृतिक, धार्मिक नाचगान र झाँकी प्रदर्शन गरेका छन्।

आइतवार दिन तामाङहरुको बसोवास रहेका स्थानमा मेला, महोत्सव लाग्ने गर्छ। आजको दिनलाई यो समुदायले नयाँ वर्षको रुपमा पनि मनाउने गर्दछन्।

मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५९ औं वर्ष शुरु भएको छ। आजदेखि गाई वर्ष पूरा गरी बिरालो वर्ष शुरु भएको छ।

हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन सोनाम ल्होसार मनाउने गरिन्छ।

प्रकाशित मिति : ८ माघ २०७९, आइतबार  ५ : २९ बजे