११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

फरार सांसद कोरी पक्राउ गर्न संसदको अनुमति चाहिन्छ कि चाहिँदैन ?



काठमाण्डौँ । सशस्त्र प्रहरी बलका सहायक निरीक्षक (असई) थमन विक हत्याका अभियुक्त लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न गृहमन्त्रालयले ७७ जिल्लामा नै सर्कुलर जारी गरेको छ ।

गृहमन्त्री रवि लामिछानेकै अगाडी रहेर प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएका उनलाई पक्राउ गर्न नसकेको भनी चौतर्फी आचोचना भइरहेको छ ।

प्रहरी प्रधान कार्यालय र गृह मन्त्रालय भने उनी फरार सूचीमा रहेको भन्दै आलटाल गरेपछि गृहमन्त्रालयमाथि नै कोरीलाई संरक्षण गरेको आरोप छ । यही सन्दर्भमा  अभियुक्त कोरीलाई पक्राउ गर्नको लागि संसदको अनुमति चाहिने र नचाहिनेबारे दुई थरी कुरा आएका छन् ।

पक्राउ गर्न संसद्को अनुमति चाहिन्छ ?

सांसदलाई पक्राउ गर्नुअघि सङ्घीय संसदका सभामुखको अनुमति लिनु पर्छ रु संसद् सचिवालयका प्रवक्ता [सहसचिव] एकराम गिरीका अनुसार फौजदारी अभियोगमा सांसदलाई पक्राउ गरेको जानकारी छिटोभन्दा छिटो सभामुखलाई दिनुपर्छ । उनी भन्छन्–‘सो सूचना सभामुखले संसद्लाई जानकारी गराउने व्यवस्था छ तर, पूर्व सूचना दिनुपर्ने व्यवस्था छैन ।’

संविधानको धारा १०३ को उपधारा–६ मा अनुसार सङ्घीय संसद्को कुनै पनि सदस्यलाई अधिवेशन बोलाइएको सूचना जारी भएपछि अधिवेशन अन्त्य नभसम्मको अवधिभर पक्राउ गर्न पाइँदैन । तर, फौजदारी अभियोगमा भने पक्राउ गर्न पाउने व्यवस्था छ ।

सो उपधारमा भनिएको छ–‘तर, कुनै फौजदारी अभियोगमा कुनै सदस्यलाई सङ्घीय कानुन बमोजिम पक्राउ गर्न यस उपधाराले बाधा पुर्‍याएको मानिने छैन । त्यसरी कुनै सदस्य पक्राउ गरिएमा पक्राउ गर्ने अधिकारीले त्यसको सूचना सम्बन्धित सदनको अध्यक्षता गर्ने व्यक्तिलाई तुरुन्त दिनु पर्नेछ ।’

सांसदलाई पक्राउ गर्नुअघि सङ्घीय संसदका सभामुखको अनुमति लिनु पर्छ रु संसद् सचिवालयका प्रवक्ता ९सहसचिव० एकराम गिरीका अनुसार फौजदारी अभियोगमा सांसदलाई पक्राउ गरेको जानकारी छिटोभन्दा छिटो सभामुखलाई दिनुपर्छ । उनी भन्छन्–‘सो सूचना सभामुखले संसद्लाई जानकारी गराउने व्यवस्था छ तर, पूर्व सूचना दिनुपर्ने व्यवस्था छैन ।’

संविधानको धारा १०३ को उपधारा–६ मा अनुसार सङ्घीय संसद्को कुनै पनि सदस्यलाई अधिवेशन बोलाइएको सूचना जारी भएपछि अधिवेशन अन्त्य नभसम्मको अवधिभर पक्राउ गर्न पाइँदैन । तर, फौजदारी अभियोगमा भने पक्राउ गर्न पाउने व्यवस्था छ ।

सो उपधारमा भनिएको छ–‘तर, कुनै फौजदारी अभियोगमा कुनै सदस्यलाई सङ्घीय कानुन बमोजिम पक्राउ गर्न यस उपधाराले बाधा पुर्‍याएको मानिने छैन । त्यसरी कुनै सदस्य पक्राउ गरिएमा पक्राउ गर्ने अधिकारीले त्यसको सूचना सम्बन्धित सदनको अध्यक्षता गर्ने व्यक्तिलाई तुरुन्त दिनु पर्नेछ ।’

पक्राउ गर्न संसदको अनुमति चाहिन्छ

अदालतको आदेशपछि कोइरीलाई पक्राउ गर्न प्रहरीलाई राजनीतिक दबाबबाहेक कुनै अप्ठेरो छैन। एमाले सांसद कोइरीलाई पक्राउ गरिसकेपछि मात्रै प्रहरीले संसदलाई सूचना दिँदा हुने व्यवस्था छ।

नियम २४४ मा प्रतिनिधि सभाका सदस्यको पक्राउ सम्बन्धी व्यवस्था छ। जसमा उल्लेख छ, ‘संविधानको धारा १०३ को उपधारा ९६० को प्रतिबन्धात्मक वाक्यांश बमोजिम कुनै सदस्य पक्राउ गरिएको सूचना प्राप्त भएमा सभामुखले त्यसको जानकारी सदनलाई तत्काल दिनेछ।’

बैठक नचलेको अवस्थामा सचिवालयले सूचनापाटीमा सो सूचना टाँस गर्न लगाइ सार्वजनिक गर्ने उल्लेख छ। कुनै सदस्यलाई फौजदारी अभियोगमा पक्राउ गरिएको जानकारी प्राप्त भएमा त्यस्तो सदस्यलाई प्रहरी हिरासतमा रहेको अवस्थामा वा प्रचलित कानुन बमोजिम तीन वर्ष वा सो भन्दा बढी कैदको् सजाय हुने वा नैतिक पतन देखिने फौजदारी मुद्दामा अभियोग पत्र दायर भई निज पुर्पक्षको लागि थुनामा रहेकोमा त्यस्तो थुनामा रहेको अवधिभर निजलाई सदस्यको हैसियतले कुनै कार्य गर्न वा कुनै अधिकार वा उन्मुक्ति प्राप्त हुने छैन र त्यस्तो अवधिभर निजको पारिश्रमिक, सेवा र सुविधा स्थगित हुने उल्लेख छ। सांसदबाट पनि निलम्बित भएको मानिनेछ।

गत शुक्रबार गृह मन्त्रालयले कोइरीलाई पक्राउ गरी कारबाही गर्न गृहमन्त्रीले पटक पटक मौखिक निर्देशन दिएपनि पक्राउ नगरेको भन्दै ध्यानाकर्षण भएको विज्ञप्तिमार्फत जनाएको थियो। तत्काल कारबाही अगाडि बढाउन मन्त्रालयले लिखित पत्राचार नै गरेको थियो। गृहको पत्रपछि प्रहरीले सर्कुलर गरेको हो।

२०७२ भदौ २५ गते मधेश आन्दोलनका क्रममा आन्दोलनकारीबाट कुटपिटमा परी गम्भीर घाइते भएका असई विकको अस्पताल लैजाँदै गर्दा एम्बुलेन्सबाट थुतेर हत्या गरिएको थियो।

जिल्ला अदालत महोत्तरीले २०७६ असोज २ गते कोइरीलाई १ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो। उच्च अदालतले २०७७ मंसिर १९ गते जिल्लाको आदेश बदर गर्दै पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो।

भारत भागेको आशंका

लक्ष्मी महतोको अस्थायी बसोबास भक्तपुरको दुवाकोटमा छ । उपत्यका प्रहरी कार्यालयले उनी बस्ने घरमा निगरानी बढाउन प्रहरी परिचालन गरेको छ । घरमा निगरानी बढाएपछि सांसद कोइरी भातरतिर लागेको आशंका गरिएको छ । उनीबारे अनुसन्धान गरिरहेका अधिकृतहरू कोइरी भारततिर भागेको बताउँछन् । उपप्रधान एवं गृहमन्त्रीको मौखिक आदेश नै पर्याप्त भएको उल्लेख गर्दै प्रहरी प्रवक्ता -डीआईजी_ टेक प्रसाद राईले भने–‘खोजी तीव्र बनाएका छौ, चाँडै पक्रन्छौँ ।’

प्रकाशित मिति : ८ माघ २०७९, आइतबार  ४ : ०० बजे