२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

खेल मैदानमा हेलिकप्टर उतारेका यात्रु भन्छन् ‘हाम्रो नियत थिएन सफा थियो’



पोखरा । बिहीबार दिउँसो स्याङ्जाको वालिङमा फुटबल खेल भइरहँदा एक्कासी हेलिकप्टर अवतरण भएको घटना सामाजिक सञ्जालमा चर्चाको विषय बन्यो।

खेल चालु भइरहेको अवस्थामा एक्कासी हेलिकप्टर अवतरण भएको भन्दै आक्रोशित केही स्थानीयले पाइलट रनेश डंगोल र यात्रुमाथि हातपात गरे।

पोखराबाट वालिङको लागि उडेको प्रभुको उक्त हेलिकप्टरमा पाइलट र चार जना यात्रु थिए। जसमा विनोद गैरे, उज्जवल थापा, सुशील गिरी र खिमबहादुर राना छन्।

गैरका अनुसार वालिङका स्थानीय उनीहरू सबै ठेकेदार हुन्। बिहीबार उनीहरू पोखरामा थिए। त्यहीबेला गफैगफमा उनीहरूबीच वालिङमा भइरहेको फुटलब हेर्न जाने कुरा भयो। त्यसपछि आफूहरूले हेलिकप्टर बुक गरेको गैरेले बताए।

उनले हेलिकप्टर साढे १ बजेको लागि बुक गरेको भए पनि मौसमका कारण ढिला उडान भएको बताए।

ुपोखराबाट साढे १ बजे उड्नुपर्ने थियो तर मौसमका कारण ढिला भयो। पछि वालिङका साथीहरूसँग समन्वय गर्दागर्दै मेरो मोबाइल अफ भयो,ु उनले भने।

गैरेले हेलिकप्टर समयमै उड्न पाएको भए हिजोको समस्या नै नआउने बताए। खेल सुरू हुनुअगाडि नै अवतरण गर्ने आफूहरूको योजना भएको उनको दाबी छ।

आफू पनि स्थानीय वालिङ युनाइटेड क्लबको सदस्य रहेको उल्लेख गर्दै उनले हिजोको घटना नियोजित नभएको बताए।

खेल भइरहेको बेला अवतरण गर्ने कुनै नियत थिएन। म आफैं पनि वालिङ युनाइटेडको सदस्य हो। पोखराबाट १स्३० मा उडेको भए १स्४५ तिर वालिङ आइपुग्ने र क्लबहरूलाई पनि अलिकति सहयोग गर्ने भन्ने थियो। तर मौसमका कारण अलिकति ढिला भयो, गैरेले भने।

समयमै उडान भएर खेल सुरू हुनुअघि अवतरण भएको भए अहिले यो सबै हल्ला नहुने उनको भनाइ छ।

उनले खेल चलिरहेका बेला हेलिकप्टर मैदानमा अवतरण गर्नु आफूहरूको गल्ती भएको उनले स्वीकारे।

गैरेले भने, ुखेल भइरहँदा ल्यान्ड गर्नु हामीबाट गल्ती भयो। तर यो नियोजित थिएन। सोच्दै नसोचेको कुरा भयो।

प्रभु हेलिकप्टरले भने यात्रुहरूले मैदानमै अवतरण गर्न दबाब दिएका कारण पाइलटले खेल मैदानमा हेलिकप्टर पुर्‍याएको बताएको छ।

प्रतियोगिताको आयोजकले पनि यात्रुले मापसे गरेको र पाइलटलाई ल्यान्ड गर्न दबाब दिएको बताएको छ।

आयोजकका अध्यक्ष लालबहादुर ज्वार्चनले सेतोपाटीसँग भने, चारै जनाले मापसे गरेका रहेछन्। हामी आयोजक हौं, खेल मैदानमा लगेर ल्यान्ड गर्नुस्, हामी छौं भनेर पाइलटलाई भनेका रहेछन्।ु

गरैले बाहिर आएका हल्लाहरू गलत रहेको दाबी गरे।

ुहामीमध्ये एकजनाले चाहिँ रक्सी खाएको थियो। ठेक्कापट्टामा हिँड्ने हामी सुखदुःख मानेर खाइएको हो तर नियोजित, हेप्ने भन्नेजस्ता बाहिर आएको कुरा गलत हो, उनले भने, हामीले पाइलटलाई कुनै दबाब दिएको होइन। दिएको हो भने उहाँले मान्नैपर्छ भन्ने पनि छैन नि।

गैरेले हिजो घटनामा पाइलटको कुनै दोष नरहेको पनि बताए। उनले पाइलटमाथि हातपात हुनु गलत रहेको बताउँदै आगामी दिनमा यस्तो घटना हुनु नहुने जनाए।

ुपाइलटको केही दोष छैन तर उहाँमाथि हातपात भएको कुराले अलिकति समस्या भयो। म पनि यहीँको स्थानीय हो र त्यो कुरामा मैले सबैसँग माफी मागिसकें, गैरेले भने।सेतोपाटीबाट

प्रकाशित मिति : ६ माघ २०७९, शुक्रबार  २ : ३० बजे