२ आश्विन २०८१, बुधबार | Wed Sep 18 2024

कोरियाबाट रवि समर्थक पाण्डे लेख्छन् ‘काँग्रेस र एमाले समर्थकले लाज मान्नुपर्ने हो’



कामाण्डौ । वैदेशिक रोजगारीको शिलशिलामा बाहिर रहेर पनि नेपाली समाज र राजनीतिलाई नजिकबाट हेर्न, पढ्न र लेख्न भ्याउने व्यक्ति हुन् मिलन पाण्डे ।

कपिलवस्तुको वाणगंगामा स्थायी बसोबास गर्ने पाण्डे हाल दक्षिण कोरियामा काम गर्दछन् । पाण्डे सामाजिक संजालमा पनि उत्तिकै सक्रिय छन् भने नेपालका हरेक समाचार, टिप्पणी र लेख रचनामाथि आफ्नो प्रतिक्रिया दिन समय निकाल्छन् ।

हाल उनी राष्ट्रिय स्वतन्त्र पार्टीका कट्टर समर्थक हुन् । रवि लामिछानेले पार्टी खोलेदेखि नै उनी यसैपार्टीप्रति धेरै नै आकर्षित् छन् ।आवश्यकता नै नभएका विषयमा उपप्रधान तथा रवि लामिछानेमाथि कसैले नकारात्मक टिप्पणी गरेको उनलाई मन पर्दैन ।

गृहमन्त्री लामिछाने अहिले नागरिकता काण्डमा मुद्धा खेपिरहेका छन् । यस विषयमा उनले रविले निशर्त सफाई पाउनु पर्ने बताउँछन् । यससंगै गृहमन्त्री रवि अहिले अपराध कर्म गरेको भनिएका फरार सांसदलाई पक्राउ गर्न नसकेको भनेर पनि आलोचित छन् । मुख्यगरी नेकपा एमाले र नेपाली काँग्रेसका नेता कार्यकर्ता र समर्थकले सामाजिक संजालमा यही विषयलाई लिएर आलोचना गरिरहेका छन् ।

यसै सन्दर्भलाई लिएर पाण्डेले  एमाले र काँग्रेसका समर्थक र कार्यकर्ताले लाज मान्नु पर्ने बताएका छन् ।

सामाजिक संजाल फेसबुकमा उनीहरुले लाज मान्नुपर्ने कारण उदाहरण पेश गर्दै कडा शब्दमा उनी लेख्छन् ‘तिम्रा बाले फरार अभियुक्तलाई टिकट दिने, तिमीहरुले भोट दिएर सांसद बनाउने अनि अहिले रबि लामिछानेलाई मात्रै निरीह र दोषी देख्ने??अनि काङ्ग्रेसीहरु हेक्का राख, अभियुक्त कोइरीलाइ पक्राउ गरेर थुनामा राख्न भनी अदालतले आदेश दिएको झन्डै तिन बर्ष हुनथाल्यो । अहिलेसम्म त तिमीहरुकै गृहमन्त्री थियो किन पक्राउ गरेन??अहिले सदन र संजालमा चर्का कुरा गर्ने??
गृहमन्त्रीले त तुरुन्तै पक्राऊ गर्न आदेश दिएकै हुन त। प्रहरी प्रशासन नै राजनीतिक दल र नेताको गुलाम भएको देशमा गृहमन्त्रीको निर्देशनभन्दा शक्तिशाली नेताको निर्देशन मान्ने अबस्था छ । अनि देखे पनि नदेखे झैँ गर्छन् त त्यसमा गृहमन्त्रीको मात्रै के दोष ?त्यै पनि कति समय पो भएको छ र पक्राऊ गर्लान् त।
सबैतिर बिकृति नै बिकृतिले भरिएको लथालिङ्ग र भताभुङ्ग देशमा कुनै नयाँ दललाई बहुमत नै दिए पनि सरकारमा जाँदाबित्तिकै आमूल परिवर्तन गर्न असम्भव हुन्छ त्यसको लागि समय लाग्छ त्यसैमाथी अहिले त मिलिजुली सरकार अनि शक्तिशाली दल र नेता उही पुरानै छ्न,तलदेखि माथिसम्म उनीहरुकै संयन्त्र छ अनि नयाँले आफुले चाहे जति गर्न सक्छ्न् ? दैत्यराज्य भोगेका हामीले मानव राज्य खोज्ने हो, सिधै रामराज्य होइन ।’

प्रकाशित मिति : ६ माघ २०७९, शुक्रबार  १ : ५९ बजे