२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

सन्तुष्ट सोविताः भन्छिन्- उपसभामुख नहुँदा पनि संसदमा बुलन्द आवाज उठाइरहनेछु



काठमाडौँ । 
राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० की सांसद सोविता गौतमले आफू कुनै पदमा नहुँदा पनि संसदमा बुलन्द आवाज लिएर उभिने बताएकी छिन्। शुक्रबार पार्टीको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सो कुरा बताएकी हुन्।

‘केही पनि पदमा नहुँदा पनि संसदमा बुलन्द आवाज उठाउने सोविता गौतम हो भन्ने कुरा यहाँहरूले देख्नुहुन्छ। जनताले दिनुभएको अधिकारको भरपुर उपयोग गर्ने स्थानमा सोविता हुन्छ,’ उनले भनिन्।

राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय जगतले नै चिनेको मान्छेलाई पार्टीले उपसभामुखको उम्मेदवार बनाएको उनले बताइन्। ‘राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय जगतले नै चिनेको मान्छे हो उहाँ इन्दिरा राना मगर।’ सोविताले भनिन्, ‘कानूनसँग सम्बन्धित कुरा भएकोले मिडियामा धेरै कुरा भयो। आकांक्षा राख्नु पनि स्वभाविक कुरा हो।’

छलफलको माध्यमबाट टुंगिएको भन्दै उनले फाइदा र बेफाइदाका विषयमा पनि छलफल भएको उनले बताइन्।

‘सर्वसम्मती रुपमा म आफैं प्रस्तावक बसेर उहाँलाई अगाडि सारिएको हो,’ उनले भनिन्, ‘हामी पार्टीका सबै सँगै छौं। उहाँलाई चाहिने सम्पूर्ण विज्ञताको कुरामा मेरो साथ रहनेछ।’

आफ्नो पार्टीले उम्मेदवार बनेकी इन्दिरा राना मगर क्षमतावान भएको उनले बताइन्। ‘उहाँले कानूनको प्राक्टिकल रुपमा धेरै प्राक्टिस गर्नुभएको छ। उहाँलाई कानुनको अंश अंश थाहा छ। हामीले पार्टीभित्र घनिभूत रुपमा छलफल गरेर मात्र निर्णय लिएका हौं।’ उनले भनिन्।

प्रकाशित मिति : ६ माघ २०७९, शुक्रबार  १२ : १६ बजे