४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

उपसभामुख उम्मेदवार मगर बिबिसीको उत्कृष्ट प्रेरणादायी महिलाको सूचीमा परेकी थिइन्



काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुखमा सांसद इन्दिरा राना मगरलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। शुक्रबार बसेको संसदीय दलको बैठकले सांसद इन्दिरालाई उपसभामुख उम्मेदवार बनाउने निर्णय गरेको हो।

सत्ता साझेदार दलभित्र उपसभामुख रास्वपाले लिने सहमति भएको थियो। उपसभामुख उम्मेदवार हुन लागेकी इन्दिरा झापाकी हुन्। ५२ वर्षकी उनलाई रास्वपाले आदिवासी महिला तर्फबाट प्रतिनिधि सभामा समानुपातिक सांसद बनाएको थियो।

उनी बालअधिकार तथा समाजसेवाका क्षेत्रमा सक्रिय थिइन्। उनी बिबिसीको उत्कृष्ट प्रेरणादायी महिलाको सूचीमा परेकी थिइन्।

उनी बन्दी सहायता नेपालको संस्थापक अध्यक्षसमेत हुन्। बा(आमा जेलमा परेकाहरूको छोराछोरीको हेरचाह र शिक्षाका क्षेत्रमा उनले सहयोग गर्दै आइरहेकी थिइन्।

प्रकाशित मिति : ६ माघ २०७९, शुक्रबार  ११ : ३७ बजे