५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

मायादेवी साझेदारी वनको अर्को कर्तुतः विरुवा उत्पादन र खरिदमा बर्षेनी अनियमितता



कपिलवस्तु । कपिलवस्तु साझेदारी वन व्यवस्थापन समिति सर्वाेत्कृष्ट साझेदारी वन राष्ट्रिय पुरस्कार २०७५।०७६ वाट सम्मानित भएको छ । वन तथा वातावरण मन्त्रालय वन तथा भु–सरंक्षण विभागले उक्त सर्वाेत्कृष्ट साझेदारी वन राष्ट्रिय पुरस्कार २०७५।०७६ बाट सम्मानित गरिएको हो ।कपिलवस्तुको मायादेवी साझेदारी बनमा बन व्यवस्थापनको नाममा वेथिति बढ्दो छ ।

बन व्यवस्थापन गर्ने भन्दै बार्षिक करोडौ बजेट विनियोजन र खर्च गर्दै आएको साझेदारी बनका पदाधिकारीहरु कमाउ धन्धामा मात्र लागेका छन् । काठको अवैध चोरी तस्करी नियन्त्रण त के १० बर्ष पुग्दा समेत अतिक्रमण सम्म व्यवस्थापन गर्न सकेको छैन । २०६९ सालमा स्थापना भएको यस साझेदारी बनको संयोजक बनेका अजिज खाँनले यसको नेतृत्व गरेको १० बर्ष पुग्यो, कार्ययोजना अनुसार ९ बर्ष काम भयो तर रुख काट्ने र फाईदा लिने बाहेकको बन र समुदायमा भने कुनै परिवर्तन देखिएको छैन ।

समितिले बैज्ञानिक बन व्यवस्थापनको कार्ययोजना सकिए लगत्तै प्रदेश र संघिय बन नियमावली अनुसार दिगो व्यवस्थापन भन्दै पुनः त्यहि बन सम्र्बद्धन प्रणाली लागू गरेको छ । जुन प्रणालीमा कर्मचारी र बनका पदाधिकारी मोटाउने र राज्य दुव्लाउने निति छ ।
हामीले मायादेवी साझेदारी बनमा भएका वेथिति बारे स्थलगत अध्ययनपछि आज हामीले दोश्रो श्रृङखलामा ‘विरुवा उत्पादन र खरिदमा बर्षेनी भएको अनियमितता’ को बारेमा खुलासा गर्दैछौँ ।

यसरी भयो अनियमितता

मायादेवी साझेदारी बनले बर्षेनी नयाँ विरुवा उत्पादन र खरिद गर्न बर्षेनी बजेट विनियोजन गर्दै आएको छ । पटना तथा पिपरामा विरुवा उत्पादनका लागि गत आ.ब.मा २९ लाख बजेट विनियोजन गरेको थियो । यसको नेतृत्व सहायक बन अधिकृत पहलमान सिंह सर्बुजा मगरले गरेका थिए ।

१ लाख ६० हजार विरुवा उत्पादनमा २५ लाख खर्च लागेको भन्दै समितिले भुक्तानी दिएको छ तर बन कर्मचारीकै श्रोतले उक्त विरुवा ८० लाख मात्र उत्पादन भएको तर कागजमा भने १ लाख ६० हजार उत्पादन देखाइएको थियो । जसमा १२ लाख ५० हजार रकम विरुवा उत्पादन नै नगरि भ्रष्टाचार गरिएको छ ।

समितिले विरुवा उत्पादन लागत समेत बढि देखाइएको छ । बन प्राविधिकका अनुसार एउटा विरुवा उत्पादन गर्न ७ रुपैया सम्म पर्न जान्छ तर साझेदारीले उत्पादन गरेको विरुवाको खर्च ९ रुपैया भन्दा बढि देखाइएको छ । यसै गरि उत्पादित विरुवा वितरणका क्रममा समेत कर्मचारी तथा समिति पदाधिकारीले उप्लब्ध गराएका विरुवा भन्दा बढि संख्या दिएको कागजमा हस्ताक्षर गराउने गरेको श्रोतको भनाई छ ।

अतिक्रमित ५ सय हेक्टरमा लगाउनुपर्ने ति विरुवा लगाउने क्षेत्रमा खेती हुदै आएपछि बर्षेनी १ देखि २ लाख सम्म उत्पादन गरिने विरुवा कहाँ रोपिन्छ त्यसको वास्तविक तथ्यांक न साझेदारी संग छ न बन कार्यालयसंग ।

यसै गरि मायादेवी साझेदारी बनले सामाजिक विकास कार्यक्रम अन्र्तगत खरिद गरेको आपको विरुवामा समेत अनियमितता गरेको छ । विना प्रतिस्पर्धा अध्यक्ष अजिज खाँनले बुद्धभूमी १ भेलाईका बन कर्मचारी समेत रहेका सप्लायर्स मिलन पौडेल मार्फत आपका विरुवा सिरहाबाट झिकाएका थिए ।

समितिले १० हजार विरुवा खरिद गरेको र विल समेत सोहि बमोजिम भुक्तानी दिएपनि आएको विरुवा भने ७ हजार मात्र रहेको पाइएको थियो । विरुवा उपभोक्तालाई वितरणका क्रममा अभाव देखिएपछि सो रहस्य सार्वजनिक भएको थियो । लगत्तै अध्यक्ष खाँन र समितिका अन्य सदस्यहरु मिलेर विरुवाको किर्ते भरपाई गरि कागज मिलाएको कर्मचारी श्रोतको भनाई छ ।

यो पनि हेर्नुहोस्

भ्रष्टाचारको ‘अखडा’ मायादेवी साझेदारी बनको कर्तुत १ः तस्करी नियन्त्रणमा लाचार

 

प्रकाशित मिति : ५ माघ २०७९, बिहिबार  १ : ११ बजे