२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

सहयोग नगर्ने सभामुख र असहयोग गर्ने राष्ट्रपति संविधानको परिकल्पना हो ?



काठमाडौँ । नेपाली कांग्रेसबाट सभामुख पदका प्रत्याशी ईश्वरीदेवी न्यौपानेको पक्षमा बोल्दै नेपाली कांग्रेसका सांसद् विश्वप्रकाश शर्माले २०७४ सालको अनुभवबाट यो संसद्‍ले शिक्षा लिँदै उनलाई सभामुख पदमा आसिन गराउनुपर्ने तर्क गरेका छन् ।

सांसद् शर्माले त्यतिबेला दुईवटा कम्युनिस्ट पार्टी दलका अध्यक्षहरू एउटै दलमा रहेको र एकजना अध्यक्ष प्रधानमन्त्री बन्दा र अर्को अध्यक्षले आफूनिकटलाई सभामुख बनाएको स्मरण गराएका थिए ।

उनले त्यो अभ्यास एक वर्षपछि पुग्दा नपुग्दै तत्कालीन प्रधानमन्त्रीले सार्वजनिक रूपमा बोल्दै मलाई सभामुखबाट सहयोग भएनु भनेर प्रतिक्रिया दिनु दुस्खद रहेको समेत बताए । त्यसैले यो बेला म बौद्धिक विमर्शको अपिल पनि गर्न चाहन्छु, आवश्यक सहयोग नगर्ने सभामुख र अनावश्यक सहयोग गर्ने राष्ट्रपति हाम्रो संविधानको परिकल्पना हो कि होइन उनले भने ।

उनले सोही कारणले गर्दा त्यो बेलामा लोकतन्त्रका लागि सुखद अभ्यास नभएको र त्यो चुनौतिपूर्ण बन्न पुगेको जिकिर गरे । त्यसैले दुईदुई पटक संसद् विघटित पनि भयो ।

२०७४ को त्यो अनुभवबाट दीक्षित हुँदै अबको एक वर्षपछि प्रधानमन्त्रीले मलाई सभामुखबाट सहयोग भएन भन्ने दिन आउन दिनु हुँदैन, उनले भने, ुत्यसैले हुन्थ्यो हुन्नथियो बहस आफ्नो ठाउँमा छ तर संसदीय अभ्यासले नवीन प्रयोग गर्न चाह्यो र हामीले विपक्षमा रहेर पनि विश्वासको मत दियौं । त्यसैले म ती विगतका अनुभवबाट दिक्षित हुँदै ईश्वरी न्यौपानेको पक्षमा समर्थन गर्न अपिल र आग्रह पनि गर्न चाहन्छु ।

प्रकाशित मिति : ५ माघ २०७९, बिहिबार  १२ : ५० बजे