३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

राष्ट्रपति पद मेरा लागि होइन र सुहाउन्नः डा. रुइत



काठमाडौँ । वरिष्ठ नेत्र चिकित्सक सन्दुक रुइतले राष्ट्रपतिको विश्वसनियता लोकतन्त्रमा महत्वपूर्ण रहेको बताएका छन् । १३ करोड रुपैयाँको प्रतिष्ठित इसा अवार्ड पाउने घोषणा भएपछि डा. रुइतले बुधबार पत्रकार सम्मेलन गरेका थिए । त्यही क्रममा पत्रकारहरुले गरेको राष्ट्रपति बनेर नीति निर्माण गर्ने पदमा जानुहुन्छ कि भन्ने प्रश्नको जवाफमा रुइतले आफूले धेरै काम गर्न बाँकी रहेको बताएका हुन् ।

नेपालमा राष्ट्रपति पद आलंकारिक भए पनि त्यसको मानसम्मान राख्नुपर्ने उनले बताए । ुलोकतन्त्रमा राष्ट्रपतिको विश्वसनियता असाध्यै बढी छ, रबरस्ट्याम्प भए पनि । भारतको राष्ट्रपतिलाई हेर्नुहोस् कस्तो सम्मान छ । हामी सबै मिलेर राष्ट्रपतिको त्यो विश्वसनियता र सम्मान कामय गर्नुपर्छ । त्यसमा कमी छ, उनले भने ।

राष्ट्रपति पद आफ्नो लागि नभएको डा। रुइतको भनाइ थियो । उनले आफूले स्वास्थ्य क्षेत्रमा गर्नुपर्ने काम धेरै रहेको बताए । ुयो पद मेरो लागि होइन । मैले आफ्नो सीमा र स्थान बुझेको छु । यही कारणले नै यहाँसम्म आएको हो । मैले दायाँबायाँ गर्ने होइन । सक्नेभन्दा अरु काम गर्दैन, जान्दैन पनि । मैले योभन्दा गर्नुपर्ने काम धेरै छ, उनले भने ।

आफूले पाएको अवार्ड ठूलो र सम्मानित भएको बताउँदै डा. रुइतले राज्यले पनि त्यसको महत्व बुझ्नुपर्ने बताए । उनले जनता खुसी भएको अवस्थामा राज्यले पनि सोही अनुसारको दायित्व पूरा गर्नुपर्ने धारणा राखे ।

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार  ६ : २४ बजे