२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

मुख्यमन्त्री यादवले प्रदेशसभामा उपस्थितको शतप्रतिशत मत पाए



धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशसभामा उपस्थितको शतप्रतिशत विश्वासको मत प्राप्त गरेका छन् । प्रदेशसभाको बुधबार बसेको बैठकमा यादवले विश्वासको मत पाएका हुन् । प्रदेशसभामा रहेको १० राजनीतिक दल र स्वतन्त्र सांसदहरुले यादवलाई विश्वासको मत दिएका छन् ।

मुख्यमन्त्रीलाई विश्वासको मत प्राप्त गर्न ५४ सांसद आवश्यक रहेकोमा बुधबार प्रदेशसभामा उपस्थित १०२ जना सांसदमध्ये उनको पक्षमा १०२ जना सांसदले मत दिएका हुन् । विपक्षमा कुनै पनि मत परेको थिएन । मधेस प्रदेशमा १०७ जना प्रदेश सांसद छन् । माओवादीका २ जना सांसदलाई अदालतले शपथ रोकेको छ ।

जसपाबाट मुख्यमन्त्री भएका यादवलाई प्रदेश सभाको ठूलो दल एमाले, दोस्रो ठूलो दल कांग्रेस, जनमत, लोसपा, नेकपा ९एस०, माओवादी केन्द्र, नेससपा, नागरिक उन्मुक्ति पार्टी र राप्रपाले समेत विश्वातको मत दिएका छन् । यादव जनता समाजवादी पार्टीबाट मुख्यमन्त्री बनेका हुन् ।

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार  ४ : ४६ बजे