४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

सैनामैनामा बोलेरो र माइक्रो ठोक्किदा १० घाइते, ४ जना गम्भीर



बुटवल । रुपन्देहीको सैनामैनामा बोलेरो र माइक्रो बस एक आपसमा ठक्कर खाँदा १० जना घाइते भएका छन् ।

बुधबार विहान सैनामैना नगरपालिका २ स्थित झारबैरमा बुटवल तर्फ आउँदै गरेको लु १ ख ८७८५ नम्बरको माइक्रो बस र कपिलबस्तु तर्फ जाँदै गरेको नम्बर नखुलेको बोलेरो एक आपसमा ठक्कर खाएका थिए ।

दुर्घटना परी घाइते भएका मध्ये ४ जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय रन्यौराका प्रहरी हवलदार रामचन्द्र केसीले जानकारी दिए ।

घाइतेहरुलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको प्रहरीले जनाएको छ । घाइतेहरुको नाम खुल्न बाँकी रहेको प्रहरी हवलदार केसीले बताए ।

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार  २ : ५३ बजे