२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

सुनचाँदीको मूल्यमा सामान्य गिरावट, यस्तो छ मंगलबारको दर



काठमाडौं। सुनचाँदीको मूल्यमा मंगलबार सामान्य गिरावट भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा एक सय रुपैयाँले घटेको छ भने चाँदी तोलामा १० रुपैयाँ घटेर कारोबार मूल्य निर्धारण भएको छ।

मंगलबार सुन प्रतितोला १ लाख ५ हजार १ सय रुपैयाँ छ। तोलामा २ सय बढ्दा सोमबार १ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

गत पुस सुरुवातदेखि तोलाको एक लाखभन्दा माथि उक्लिएको सुनको मूल्य अपेक्षाकृतरूपमा घटेको छैन।

चाँदी प्रतितोला १३ सय ९० रुपैयाँ छ। यो अघिल्लो दिनका तुलनामा तोलामा १० रुपैयाँ घटेर घटेर कायम भएको मूल्य हो। साताको पहिलो दिनका तुलनामा १० रुपैयाँ बढ्दा सोमबार प्रतितोला १४ सय रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔंस १९०९।८६ डलर र चाँदी प्रतिऔंस २४। १३ डलरमा कारोबार भइरहेको छ।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलबार  १२ : ५४ बजे