२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

राज्यमन्त्रीमा श्रीपाली आएसंगै माओवादीका मन्त्रीको नाम टुंगो लाग्यो



काठमाडौँ । माओवादी केन्द्रबाट सरकारमा सहभागी हुनेहरूको जिम्मेवारी टुंगो लागेको छ । माओवादीबाट प्रधानमन्त्री पुष्पकमल दाहाल र उपप्रधानमन्त्री एवं भौतिक मन्त्रीमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले यसअघि नै जिम्मेवारी लिइसकेका छन् ।

माओवादीबाट मंगलबार थप तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ तथा पदभार ग्रहण गर्दैछन् । त्यसमा रेखा शर्माले सूचना, सञ्चार तथा प्रविधिमन्त्रीको जिम्मेवारी पाएकी छन् । प्रधानमन्त्री दाहालको सचिवालयका अनुसार मंगलबार बिहान बसेको पदाधिकारीको बैठकले सुदन किराँतीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री र अमनलाल मोदीलाई संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीको जिम्मेवारी दिने निर्णय गरेको हो ।

माओवादी केन्द्रले राज्यमन्त्रीमा सुशीला श्रीपालीलाई पठाउने निर्णय गरेको छ । श्रीपाली संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलबार  १२ : ३६ बजे