२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

मन्त्री बनेपछि लिङ्देनले भने ‘अग्निपरीक्षामा होमिने निर्णयमा पुगेँ’



काठमाण्डौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले समर्थक र शुभेच्छुकले असहमति जनाउँदा पनि सरकारमा जाने निर्णयमा पुगेको बताएका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको मन्त्रिपरिषद्मा उपप्रधानमन्त्री तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीका रूपमा लिङ्देनले शपथ लिँदैछन् ।

राप्रपा अध्यक्ष लिङ्देनले मन्त्रिपरिषद्मा सहभागी हुने निर्णयलाई लिएर असन्तुष्ट बनेका आफ्ना समर्थकहरूलाई धीरता राख्न अनुरोध गरेका छन् । ुआफ्ना समर्थक तथा शुभेच्छुकहरूको ठूलो पङ्क्तिको असहमतिका बीच पनि यो अग्निपरीक्षामा होमिने निर्णयमा पुगेँ जो ढिलो या चाँडो मेरा लागि अनिवार्य थियो । प्रियजनहरू, असम्भव जस्तो लागे पनि म खरो उत्रनेछु, धैर्यता र सहयोगका लागि अपिल गर्दछु ।

राप्रपाले तीन मन्त्री र एक राज्यमन्त्रीसहित सरकारमा सहभागी हुने निर्णय लिएको छ । राप्रपाबाट अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधान तथा ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री हुने भएका छन् । यस्तै राप्रपाबाटै धुव्रबहादुर प्रधान कानुन, न्याय तथा संसदीय मामिलामन्त्री र विक्रम पाण्डे सहरी विकासमन्त्री हुने भएका छन् ।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलबार  १२ : ३३ बजे