३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

चोभारमा कार बागमतीमा खस्दा २ जना बेपत्ता



काठमाण्डौँ । काठमाडौंको चोभारमा कार दुर्घटना हुँदा एकजना घाइते भएकी छन्। केही व्यक्ति हराएको प्रहरीको आशंका छ।
चोभारको पुलबाट कार बागमती नदीमा खसेको काठमाडौं प्रहरी प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए।

घटनास्थलबाट एक जना महिलाको उद्धार गरी प्रहरीले बल्खुको वयोद्धा अस्पतालमा लगेको छ। कारमा अन्य व्यक्ति पनि रहेको आशंकामा खोजि भइरहेको एसपी मैनालीले बताए।

पौने ५ बजेतिर चोभारको जलविनायकमा बा ५ च ५६५४ नम्बको सुजुकी कार बागमती नदीमा खसेको हो।

प्रत्यक्षदर्शीले उक्त कारमा तीन जना सवार रहेको जानकारी दिएको एसपी मैनालीले नेपालखबरलाई बताए। दुई जना बेपत्ताको खोजिकार्य जारी रहेको छ।

खोजिका लागि काठमाडौं र ललितपुरबाट नेपाल प्रहरी, विपद व्यवस्थापनको टोली र सशस्त्र प्रहरी परिचालन गरिएको छ।

प्रकाशित मिति : २ माघ २०७९, सोमबार  ८ : ०० बजे