२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

घनश्याम भुसाल समाजवादीमा प्रवेश, एमालेमाथि लगाए यस्ता आरोप



काठमाण्डौ । नेकपा एमाले परित्याग गरेका वामपन्थी नेता घनश्याम भुसाल नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्नुभएको छ । नयाँ बानेश्वरको एक होटलमा आज शुक्रवार आयोजित कार्यक्रमबीच उहाँ पार्टी प्रवेश गर्नुभएको हो ।

पार्टी प्रवेश कार्यक्रममा नेता घनश्याम भुसालले ओलीवादका कारण धराशायी बनेको कम्युनिस्ट आन्दोलनलाई आफू प्रवेश गरेको पार्टीले अघि बढाउने बताउनुभयो । उहाँले एकीकृत कम्युनिस्ट पार्टी र नेकपाको असली विरासत माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीमा रहेको दाबी गर्नुभयो । एमालेले संवैधानिक सर्वोच्चता र जनताको बहुदलीय जनवाद ९जबज० लाई ध्वस्त बनाएको भुसालको आरोप छ ।

नेकपा एमालेका पूर्वउपमहासचिव भुसालले गएको मङ्सिर ४ गतेको चुनावमा टिकट नपाएपछि पार्टी परित्याग गरी रुपन्देही–१ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिनुभएको थियो । उहाँ एमालेका नेता छविलाल विश्वकर्मासँग पराजित हुनुभएको थियो ।

प्रकाशित मिति : २९ पुस २०७९, शुक्रबार  ६ : ४० बजे