४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

वाणगंगा १० दानापुरमा महायज्ञ सुरु, आकर्षक झाँकीमा रमाउँदै भक्तहरु



हाम्रो रोजगारी । कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर १० दानापुरमा श्रीमद्भागवत सप्ताह धनधान्याञ्चल ज्ञान महायज्ञ सुरु भएको छ । शिव धाम सेवा समितिको आयोजनामा धर्मशाला तथा मन्दिर निर्माणको लागि शुक्रबारदेखि सातदिने महायज्ञ सुरु भएको हो ।
समितिका अध्यक्ष तथा यज्ञ सम्पादन मुल समितिका संयोजक कृष्ण कार्कीको अध्यक्षतामा भएको महायज्ञको लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीले उद्घाटन गरे । माघ ५ गतेसम्म चल्ने महायज्ञमा आध्यात्मिक प्रखर वक्ता क्रषिकेशव उपाध्यायले संगितमय प्रवचन दिनेछन् भने उपवाचक योगाचार्य कमल पौड्यालले पनि आध्यात्मिक उपदेश दिनेछन् ।

साथमा राष्ट्रिय भजन गायकहरुले पनि भजन प्रस्तुत गर्ने बताइएको छ । महायज्ञमा संगितमय प्रवचनको साथ ग्रह दोष कटाउने लगायतका नित्य कर्महरु हुने अध्यक्ष कृष्ण कार्कीले बताए । हरेक साँझ भव्य आरती र भजनकिर्तन पनि हुने समितिले जनाएको छ । उद्घाटनको दिन नै धेरै भक्तजनको सहभागिता थियो । जाडोको प्रवाह नगरी संगितमय कथा सुन्न भक्तहरु महायज्ञज्ञस्थलमा आएका थिए ।

 

प्रकाशित मिति : २९ पुस २०७९, शुक्रबार  ५ : ४५ बजे