२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

एमाले सांसद लक्ष्मी महतोलाई पक्राउ गर्न गृहमन्त्रीको निर्देशन



काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आफूले एमालेका सांसद लक्ष्मी महतोलाई पक्राउ गर्न निर्देशन दिएको बताएका छन् ।

बुधबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित राप्रपाको चियापान कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले जानकारी पाएपछि आईजीपीलाई फोन गरेर महतोलाई पक्राउ गर्न निर्देशन दिएको बताए ।

उनले संसद्मै उपस्थित हुँदा आफूले नदेखेको र पछि सञ्चार माध्यमबाट थाहा पाएपछि पक्राउ गर्न भनिएको बताए ।

सांसद महतो मधेस आन्दोलनका क्रममा सशस्त्रका असई थमन बिकको हत्या अभियोगमा फरार सूचीमा छन् ।

प्रकाशित मिति : २७ पुस २०७९, बुधबार  ५ : ४९ बजे