२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

विश्व अर्थतन्त्रमा मन्दी देखिने विश्व बैंकको प्रक्षेपण, आर्थिक वृद्धिदर



काठमाण्डौँ । विश्व बैंकको पछिल्लो तथ्यांकले विश्व अर्थतन्त्रमा मन्दी देखिने प्रक्षेपण गरेको छ। विश्व बैंकले गत जुनमा आर्थिक वृद्धि ३ प्रतिशतले हुने प्रक्षेपण गरेको थियो। तर विश्व बैंकले यो वर्ष विश्वव्यापी आर्थिक वृद्धिदर २०२३ मा मात्र १।७ प्रतिशतमा सीमित हुने अपेक्षा गरेको छ।

प्रतिवेदनले युक्रेन र रूसबीच चलिरहेको युद्ध तथा कोरोना महामारीको प्रभावबाट उत्पन्न विविध कारणले गर्दा विश्व अर्थतन्त्रमा संकट आएको उल्लेख गरेको छ।

यसबाहेक आउँदो मन्दीको अर्को मुख्य कारण उच्च ब्याज दर पनि हो। निरन्तर बढी रहेको मुद्रास्फीतिलाई नियन्त्रण गर्न विश्वभरका केन्द्रीय बैंकहरूले ब्याजदर बढाउँदै लगेका छन्। उच्च ब्याजदरको प्रभावलाई निस्तेज गर्न विश्वभरका नीति निर्मातालाई ठूलो चुनौती थपिएको छ।

विश्व बैंकका अध्यक्ष डेभिड मालपासले यो मन्दी विश्वव्यापी हुने र विश्वका लगभग सबै भागमा मानिसको आम्दानीमा वृद्धि ‘कोभिड(१९ अघिको दशकको तुलनामा सुस्त हुने’ बताएका छन्।

सन् २००९ को विश्वव्यापी वित्तीय संकट र कोभिड(१९ महामारीलाई पन्छाउने हो भने सन् १९९१ पछिको सबैभन्दा कमजोर वृद्धिदर हो। आर्थिक वृद्धि सन् २०२२ मा ३।२ प्रतिशतमा ओर्लिएको हो, जुन २०२१ मा ६ प्रतिशत थियो।

विश्व बैंक अनुसार अमेरिका, यूरोपेली देशहरू ९यूरोजोन० र चीन – आर्थिक वृद्धिका लागि विश्वका तीन सबैभन्दा प्रभावशाली क्षेत्रहरू ‘सबै स्पष्ट रूपमा कमजोर अवधिबाट गुज्रिरहेका छन्’। जस कारण गरिब देशहरूले सामना गर्ने समस्याहरू झन(झन बिग्रँदैछ।

महामारीबाट बाहिरिँदै गरेको वर्ष सन् २०२१ मा ५।३ प्रतिशतले भएको विश्वका धनाढ्य देशहरूको आर्थिक वृद्धिदर गत वर्ष झरेर २।५ प्रतिशतमा सिमित भएको थियो। यस वर्ष आर्थिक वृद्धिदर तीव्र रूपमा सुस्ताउँदै केबल ०।५ प्रतिशतमा सीमित भएको छ।

प्रकाशित मिति : २७ पुस २०७९, बुधबार  ५ : ४२ बजे