२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

‘लिला गिरी’जो गाविस अध्यक्ष हुँदै मुख्यमन्त्रीसम्म बने



बुटवल । लुम्बिनी प्रदेशकोे तेस्रो मुख्यमन्त्रीको रुपमा नियुक्त ६८ वर्षीय लिला गिरी सानै उमेरदेखि राजनीतिमा रुचि राख्थे । बुबा बुद्धिनाथ गिरी र आमा केशवकुमारी गिरीको कोखबाट गुल्मीको रुरु गाउँपालिका–५ स्थित सौरीबोटमा वि।स।२०११ साल चैत १४ गते जन्मिएका नवनियुक्त मुख्यमन्त्री गिरी १२ वर्षको उमेरबाट नै विभिन्न आन्दोलनमा सहभागि हुने गर्थे ।

उनी वि।सं। २०२२ सालमा गुल्मीको रुरु गाउँपालिका ९साविक बम्घा गाविस० मा तत्कालिन पञ्चहरुको विरुद्ध शिक्षक सिद्धिनाथ ज्ञवालीहरुसँगै आन्दोलनमा सहभागि भएपश्चात् राजनीतिमा सक्रिय हुन थाले । गुल्मीबाट २०३४ सालमा रुपन्देहीको शंकरनगर–१ ९हालको तिलोत्तमा नगरपालिका–१० मा बसाई सरेर आएपछि राजनीतिक र सामाजिक काममा अझ बढी सक्रिय हुन थाले ।

त्यसपछि शहीद श्री गंगालाल पुस्तकालयको महासचिव, क्रान्तिकारी बुद्धिजीवी संघ, शिक्षक संगठन, पार्टी सक्रिय दल, ऐतिहासिक सोह्र छत्तिस कुला मौजाको नेतृत्व हुँदै किसान आन्दोलनमा सरिक हुँदै राजनीतिक नेतृत्वमा सक्रिय भएका गिरी २०४६ सालमा नेकपा मालेको रुपन्देही जिल्ला कमिटी सदस्य भए । सोही समयमै जिल्ला वाममोर्चाको सदस्य र २०४७ सालमा पार्टी एकीकरण भएपछि नेकपा एमाले रूपन्देहीको जिल्ला कमिटी सदस्य भए । बहुदलीय व्यवस्था ९२०४७ मा० को पहिलो निर्वाचनमा शंकरनगर गाउँविकास समितिको अध्यक्षमा निर्वाचित भए ।

२०५६ सालमा जिल्ला कमिटी रूपन्देहीको उप–सचिव बनेका गिरीलाई ०५८–०६१ सम्म कार्यवाहक सचिव भएर काम गर्ने अवसर पाए । ०६१–०६६ र ०६६–०६९ सम्म एमाले रूपन्देही जिल्ला सचिव र अध्यक्ष भए । २०६१ माघ १९ गतेको शाही ‘कु’ को विरोध गरेको भन्दै ०६१ माघ २७ देखि ०६२ वैशाख २८ गते सम्म जेलमा परे ।

२०६९ सालमा एमालेको लुम्बिनी अञ्चल समन्वय कमिटी सदस्य र सङगठन विभाग प्रमुख बनेक गिरी ०६९–०७० सम्म अञ्चल कमिटी सदस्य र २०७१ मा भएको नेकपा एमालेको नवौ राष्ट्रिय महाधिवेशनदेखि केन्द्रीय कमिटी सदस्य र रूपन्देही जिल्ला इन्चार्ज भएर काम गरे। देश संघीय संरचनामा गएपछि २०७४ मा भएको पहिलो प्रदेशसभाको निर्वाचनमा उनी रुपन्देही क्षेत्र नम्बर २९१० बाट लुम्बिनी प्रदेशसभाको सदस्यमा निर्वाचित भए ।

त्यसपछि गिरी शंकर पोखरल नेतृत्वको लुम्बिनी प्रदेश सरकारमा उद्योग वन, पर्यटन, वातावरण मन्त्री बने । २०७५ मा नेकपा एमाले र माओवादी केन्द्र बीच भएको एकताबाट बनेको नेकपाको केन्द्रिय सदस्य बने । २०७८ सालमा नेकपाको विभाजन भएपछि एमाले लुम्बिनी प्रदेशको अध्यक्ष भएका गिरी एमालेको दशैँ महाधिवेशनबाट पोलिटव्युरो सदस्यमा चयन भए ।

२०७९ सालको प्रदेश सभाको निर्वाचनमा पुनः रुपन्देही २९१० बाट नै लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित गिरी एमाले लुम्बिनी प्रदेश संसदीय दलको नेतामा सर्वसम्वत रुपमा चयन हुँदै अन्ततः लुम्बिनी प्रदेश सरकारको तेस्रो मुख्यमन्त्रीको रुपमा नियुक्त हुने अवसर पाए । मुख्यमन्त्रीमा नियुक्त गिरीले भारतको पञ्जाव विश्वविद्यालयबाट स्नातक तह उर्तिण गरेका छन् ।

प्रकाशित मिति : २७ पुस २०७९, बुधबार  ५ : १८ बजे