४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

आइपीओ जारी गर्दै सुपर हेवा पावर कम्पनी



काठमाडौँ । सुपर हेवा पावर कम्पनी लिमिटेडले आइपीओ जारी गर्ने भएको छ।

कम्पनीले १०० रुपैयाँ अंकित दरमा ११ करोड ५४ लाख ३६ हजार रुपैयाँ बराबरको ११ लाख ५४ हजार ३६० कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो।

कम्पनीले आइपीओ जारी गर्नका लागि लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ।

उक्त सम्झौतामा लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र सुपर हेवा पावर कम्पनी लिमिटेडका अध्यक्ष हर्क बहादुर तामाङले हस्ताक्षर गरेका छन्।

सुपर हेवा पावर कम्पनीको संखुवासभा जिल्लाको चैनपुर नगरपालिकामा ६ मेगावाट क्षमताको जलबिद्युत आयोजना निर्माणाधीन अवस्थामा रहेको छ।

प्रकाशित मिति : २७ पुस २०७९, बुधबार  २ : ३८ बजे