३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

एन्टिडटको डिजिटल थ्रिफ्ट स्टोरः ‘नयाँ पुराना सामानको अनलाइन किनबेच हुने



काठमाडौं। आफूले प्रयोग गरिसकेका अथवा नयाँ लुगा, किताब, एसेसरिज, र जुत्ता जस्ता वस्तुहरु सजिलै किनबेच गर्न पाइने अनलाइन थ्रिफ्टीङमा आधारित स्टोर सञ्चालनमा आएको छ।

सोसल साइटबाट कारोबार गर्दै आएको स्टार्टअप एन्टिडटले मंगलबारदेखि वेब पोर्टलमा आफ्नै डिजिटल स्टोर सञ्चालनमा ल्याएको हो। यसमा सेवाग्राहीलाई प्रवेश र प्रयोग सहज छ। एन्टिडटको डिजिटल थ्रिफ्ट स्टोरको वेबसाइटमा लग(इन गरी नयाँ(पुराना लुगा, किताब, जुत्ता लगायतका विभिन्न वस्तु सजिलै किन्न वा बेच्न सकिन्छ।

आफ्नो सामान उचित मूल्यमा बिक्रीमा राख्‍न सकिन्छ भने अरुले बेच्न चाहेका वस्तु हेरेर खरिद पनि गर्न सकिन्छ। डिजिटल थ्रिफ्ट स्टोरमा खरिदकर्ताले ढुक्कसँग प्रयोग गरेको तथा नयाँ वस्तुहरूका उत्कृष्ट डिलमा ३० देखि ९० प्रतिशतसम्मको छुट पाउन सक्ने एन्टिडटले जनाएको छ।

‘हामी एक वर्षदेखि सेवाग्राहीहरूसँग सम्पर्क तथा छलफलमा छौं। हाम्रो क्रेतारबिक्रेता समुदायलाई ध्यानमा राखेर साइटमा हरेक फिचर तयार पारिएको छ,’ एन्टिडोटका संस्थापक मनीषजंग थापाले भने।

उनका अनुसार कारोबार गर्न चाहने जो(कोहीले पनि एन्टिडटको ‘सेलर पोर्टल’मा आफ्नो अकाउन्ट खोली तुरुन्तै सामान बिक्रीमा राख्‍न सक्छ्न्। आफूले बेच्न चाहने वस्तुहरु सफा पारेर काठमाडौं उपत्यकाका १३ वटा ‘सेल्फ(ड्रप लोकेसन’ मा छोड्न वा घरैबाट पिक(अपका लागि बोलाउन सक्ने सुविधा छ्न्।

हालसम्म उपत्यकाका न्युरोड, धोबीघाट, टेकु, सातदोबाटो, बालाजु, अनामनगर, चाबाहिल, जडिबुटि, सूर्यविनायक, महाराजगंज, पुल्चोक, र कुपन्डोलमा एन्टिडटले सेलर प्वाइन्ट राखेको छ। आगामी अगस्टसम्ममा ‘पिक(अप सर्भिस’ १० शहरको ५० ठाउँमा विस्तार गर्ने योजना कम्पनीले बनाएको छ।

डिजिटल थ्रिफ्टीङ स्टोरमा सामान किनबेच गर्नेसँग कम्पनीले सामान्य सेवा शुल्क लिनेछ। सामान बिक्री भइसकेपछि मात्र कमिसन लिने गरी व्यवस्था गरिएको कम्पनीले जनाएको छ । २० प्रतिशत कमिसनबापत एन्टिडटले बिक्रेताहरूबाट सामान पिकअप गर्ने ९बिक्रेताको अनुरोधमा०, भण्डारण गर्ने, फोटोग्राफी, डेलिभरी, रिटर्न ह्यान्डलिङ, लगायत भुक्तानीको जिम्मा लिइने जनाएको छ।

एन्टिडटको नयाँ डिजिटल थ्रिफ्ट स्टोरले कुनै पनि ई(कमर्स पसलमा हुने सबै मानक सुविधाहरू प्रदान गर्ने संस्थापम थापा बताउँछन्। उनका अनुसार नयाँ स्टोरले खरिदकर्ताहरूलाई चाहिएका वस्तु सस्तो मूल्यमा सहजै पाउन, मूल्यहरू तुलना गर्न, उत्पादनहरू खोज्न र अर्डर गर्न सजिलो बनाउँछ।

एन्टिडटको प्लेटफर्ममार्फत गरिएका सबै खरिदहरू दुई दिनको सजिलो रिटर्न सुविधाको साथ आउनेछ्न्। पहिलो ५०० खरिदकर्ताले ‘एन्टिडट डिस्काउन्ट अफर’ अनुरुप रु। १००० भन्दा माथिको अर्डरमा निःशुल्क डेलिभरीको लाभ उठाउन सक्नेछ्न्।

सन् २०२० को लकडाउनमा सुरू भएको एन्टिडटले हालसम्म ५ हजारभन्दा बढी बिक्रेताहरूलाई ९० हजारभन्दा बढी प्रयोग गरिएकारनयाँ वस्तुहरू बिक्री गरिसकेको जनाएको छ।

प्रकाशित मिति : २७ पुस २०७९, बुधबार  १ : ३७ बजे