२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

शाह भन्थे ‘जमिनमा भएको घर भत्काएर भए पनि त्यहाँ खेतीपाती गर्नुपर्छ’



काठमाण्डौँ । आज ३०१औ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै छ । यसको अवसरमा आज सरकारले सार्वजनिक बिदा पनि घोषणा गरेको छ । श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहलाई राष्ट्र निर्माताकारुपमा लिने गरिन्छ किनकि उनले ससाना बाईसे तथा चौबिसे राज्यहरुलाई एकीकरण गरेर नेपाल निर्माणको कामलाई शुरुवात गरेका थिए ।

आजको दिन राष्ट्र निर्माताका सन्देश र वाणीहरु स्मरण गरिन्छ । आजको दिन राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका दल र संस्थाले देशभर बिभिन्न कार्यक्रम गरी मनाउँदैछन् । उनको जन्म सन् १७७९ मा भएको थियो भने मृत्यु सन् १८३१ मा भएको थियो । यहाँ उनका महत्वपूर्ण १३ प्रेरक भनाइहरु राखेका छौँ ।

१ः खानी भएको ठाउँमा गाउँ भएपनि गाउँलाई अन्यत्र सार्नुपर्छ र खानी चलाउनुपर्छ र उब्जनी योग्य जमिनमा भएको घर भत्काएर भएपनि त्यहाँ खेतीपाती गर्नुपर्छ ।
२ः अदालतको पैसा दरवारमा नलैजानु र त्यसको सदुपयोग जोगी र सन्यासीलाई भोजन गराउनु ।
३ः मुलुकमा अन्याय हुन कहिल्यै नदिनु ।
४ः सुरक्षानिकाय र जनप्रतिनिधि सधैँ बफादार हुनुपर्छ ।
५ः जनता मोटाउनु भनेको दरवार बलियो हुनु हो ।
६ः सानो दुःखले आर्जेको मुलुक होइन, सबै मिलेर मुलुकको रक्षा गर्नुपर्छ ।
७ः नेपाल दुई ढुंगाबीचको तरुल जस्तै हो, छिमेकीसँग सतर्क रहनु ।
८ः काठमाडौं निकै संवेदनशील क्षेत्र हो, सिमानामा सुरक्षा व्यवस्था कडा गर्नु ।
९ः सधैँ गुणको होइन, नुनको पछि लाग्नु ।
१०ः आफ्नो संस्कृतिको संरक्षण र जगेर्ना गर्नु अत्यावश्यक छ ।
११ः घुस लिन्या र दिन्या दुबै राष्ट्रका शत्रु हुन् ।
१२ः यो मुलुक चार जात छत्तिस वर्णको साझा फूलबारी हो ।
१३ः राष्ट्रिय उद्योगको विकास गर, विदेशमा आफ्ना सामान निर्यात गर ।

प्रकाशित मिति : २७ पुस २०७९, बुधबार  १२ : ५६ बजे