२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी



काठमाडौँ । बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनको बैठक केहीबेर अघि सुरु भएको हो । बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, जसपा अध्यक्ष उपेन्द्र यादव, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र रास्वपा अध्यक्ष रवि लामिछाने सहभागी छन् ।

नेताहरुका अनुसार विष्णु पौडेल संयोजकत्वको कार्यदलले तयार पारेको सरकारको न्युनतम् साझा कार्यक्रमबारे छलफल हुने बताइएको छ । कार्यदलले तयार पारेको न्युनतम् कार्यक्रमको मस्यौदा शीर्ष नेताले अध्ययन गरेपछि अन्तिम रुप दिने तयारी छ ।

प्रकाशित मिति : २० पुस २०७९, बुधबार  ५ : ४९ बजे