२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

प्रधानमन्त्री दाहालले नेपाललाई भने ‘विश्वासको मत दिनुहोस्’



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारलाई विश्वासको मत दिन नेकपा .एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई आग्रह गरेका छन् । नेकपा ९माओवादी केन्द्र० को दल कार्यालय सिंहदरबारमा बुधबार भएको भेटमा प्रधानमन्त्री दाहालले आफूलाई विश्वासको मत दिन आग्रह गरेको उनको सचिवालयले जनाएको छ ।

ुसम्माननीय प्रधानमन्त्रीज्यूले नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपाललाई नेकपा ९माओवादी केन्द्र० को दल कार्यालय सिंहदरबारमा भेटी सरकारलाई विश्वासको मत प्रदान गर्न आग्रह गर्नुभएको छ,ु दाहालका सहयोगी रमेश मल्लले भने ।

स्रोतका अनुसार सरकारमा एकीकृत समाजवादीको सहभागिताका बारेमा पनि दुई नेता बीचको भेटमा छलफल भएको छ । प्रधानमन्त्रीमा नियुक्त भएसँगै दाहाल एकीकृत समाजवादीलाई पनि सरकारमा सामेल गराउन सकारात्मक छन् । अध्यक्ष नेपाललाई पनि पार्टी भित्रैबाट सरकारमा सहभागी हुनका लागि दबाब आइरहेको छ ।

अध्यक्ष नेपालले भने सरकारको नीति तथा कार्यक्रम हेरेर मात्रै सरकारमा सामेल हुने वा नहुने निर्णय गर्ने बताएका छन् । यसबारे निर्णय गर्न उनको पार्टीले यसअघि नै पार्टी सचिवालयलाई जिम्मा दिइसकेको छ ।

प्रधानमन्त्री दाहालको सरकारलाई हाल संसदमा रहेका सातवटा पार्टीले समर्थन गरेका छन् भने सरकारले संसद्‌मा विश्वासको मत लिन भने बाँकी छ ।
प्रधानमन्त्री दाहाललले यही पुस २६ गते संसद्‌मा विश्वासको मत लिने कार्यतालिका छ । त्यसअघि नै प्रधानमन्त्री दाहाल एकीकृत समाजवादीलाई पनि सरकारमा सामेल गराउन लागिपरेका छन् ।

प्रकाशित मिति : २० पुस २०७९, बुधबार  ५ : ०८ बजे