२ आश्विन २०८१, बुधबार | Wed Sep 18 2024

उद्योग ब्यापार संघ कपिलवस्तुको कर प्रशिक्षणले २०० व्यवसायी लाभान्वित



हाम्रो रोजगारी, कपिलवस्तु ।

उद्योग ब्यापार संघ कपिलवस्तुले जिल्लामा राखेको कर प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रममा व्यवसायीहरु उत्साहित भएर सहभागि भएका छन् । संस्था संस्थागत भएर पहिलोपटक आयोजना गरिएको कार्यक्रममा ब्यवसायीले सानदार सहभागिता जनाएका हुन् ।
बैङ्कको ब्याजदर वृद्धिले ब्यापारी तनावमा रहेको एउटा स्थिति छ भने अकातर्र्फे पुसको कठ्याङ्ग्रिदो जाडो, मंगलबार बजार बन्द, बिभिन्न बनभोजका कार्यक्रम भएता पनि उत्साहित ढंगबाट ब्यवसायी सहभागि भएर कार्यक्रमको गरिमा बढेको संघका वरिष्ट उपाध्यक्ष तथा लुम्बिनी प्रदेशका उपमहासचिव खिमानन्द पौैडेल (कोपिल) ले बताए ।

‘कर, भन्सार, घरेलु कार्यालय तथा स्थानीय तहमा बुझाउने कर, मिस म्याच लगायतमा जिल्लाका ब्यवसायी अस्पष्ट थिए, धेरै पहिला यो कार्यक्रम गर्ने भनेका थियौँ । साइत आज जुर्यो, कार्यक्रमका अध्यक्ष  तथा संघका वरिष्ठ उपाध्यक्ष पौडेलले भने ‘कार्यक्रममा सहभागि भएर व्यवसायीले दिएको चासो, जिज्ञासा र प्रश्नले आफूहरुलाई उत्साहित बनाएको छ ।’

नेपाल उद्योग ब्यापार महासंघका केन्द्रीय महासचिव (प्रमुख अतिथि) खेम नारायण पराजुली, वाणगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसाल, आन्तरिक राजश्व कार्यालय, करदाता सेवा कार्यलयका प्रमुख विष्णु हरि ज्ञवाली, करदाता सेवा कार्यालयका निमित्त कार्यालय प्रमुख दिनहरी सापकोटा र घरेलु तथा साना साना उद्योग कार्यालय तौलिहवाका श्रवण कुमार सैनीले कर, भन्सार, मिस म्याच लगायतका विषयमा करिब ३ घण्टा प्रशिक्षण दिएका थिए ।

ब्यवसायीले पनि आफूले लागेका जिज्ञासा राखेका थिए । करिब २ सय व्यसायी सहभागि भएको कार्यक्रमको संचालन पत्रकार चन्द्रकान्त न्यौँपानेले गरेका थिए । कार्यक्रम निकै राम्रो भएकाले आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्न कार्यक्रममा बोल्ने वक्ता र सहभागिले आयोजकलाई सुझाएका थिए ।

प्रकाशित मिति : १९ पुस २०७९, मंगलबार  ६ : २६ बजे