३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

धैर्य गरौँ, प्रचण्ड सरकारले व्यवसायीको कुरा सुन्छः महासचिव पराजुली



हाम्रो रोजगारी, कपिलवस्तु

नेपाल उद्योग ब्यापार महासंघका केन्द्रीय महासचिव खेम नारायण पराजुलीले पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारले व्यवसायीका कुरा सुन्ने बताएका छन् ।

उद्योग ब्यापार संघ कपिलवस्तुले मंगलबार कपिलवस्तुको वाणगंगा नगरपालिकामा आयोजना गरेको कर प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहेका महासचिव पराजुलीले आफूहरुको भेटमा प्रधानमन्त्री दाहाल र अर्थमन्त्री विष्णु पौडेलले सो कुरा बताएको बताएका बताएका हुन् ।

‘आर्थिक मन्दीको कारण अहिले देशभरका ब्यवसायी निकै ठुलो पीडामा छन् । देशभरका साथीहरुले यस्ता गुनासा राख्नु भएको छ । बैङ्कले ब्याज बढाइरहेका छन् । हाम्रो ब्यापार छैन । यसको समाधान कसरी हुन्छ ? भन्ने बारे प्रधानमन्त्रीसंग कुरा गरिसकेका छौँ’, उनले भने १५ । २० दिन धैर्य गर्न आग्रह गर्नुभएको छ । यो समयमा धैर्य गरौँ । हाम्रो पक्षमा केही हुँदैछ ।’

पराजुलीले यो बीचमा व्यवसायीको पक्षमा सरकारले काम नगरे दर्जनौँ ब्यापारीले आत्महत्याको बाटो रोज्नुपर्ने कहालिलाग्दो स्थिति आउने बताए । अहिलेसम्म बैङ्कको टर्चरका कारण ब्याज तिर्न नसकेर १२ जना ब्यापारीले आत्म हत्या गरिसकेको समेत उनले बताए । महासचिव पराजुलीले ब्यवसायीको यस्तो अवस्थामा स्थानीय सरकार, राजस्व, भन्सार, घरेलु संघ लगायतका सरकारी निकायले दोब्बर तेब्बर कर नलिएर सहजिकरण गर्नुपर्ने समेत बताए ।

मुलुकलाई बचाउन अब आयान बन्द गरी निर्यातमा ध्यान दिन, सामान्य, अनावश्यक र फजुल खर्च गर्ने स्थिति बन्द गर्न व्यवसायीलाई आग्रह गरे । बैङ्कहरुले बयाजदर बढाएर आतंक सिर्जना गरेको हुँदा अब उनीहरुविरुद्ध पनि बयवसायी उत्रनु परेको उनले बताए ।

कार्यक्रममा वाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाण्ी अर्यालले उद्योग ब्यापार संघले निकै राम्रो काम गरेको भन्दै प्रशिक्षणबाट लाभ लिन अनुरोध गरे । उनले आफू बयवसायीको पक्षमा रहेको बताएका थिए ।

आन्तरिक राजस्व कार्यालय, करदाता सेवा केन्द्र तौलिहवा, घरेलु तथा साना उद्योग कार्यालय तौलिहवा र वाणगंगा नगरपालिकाको सहकार्यमा प्रशिक्षण र अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो ।

वाणगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसाल, करदाता सेवा कार्यालय तौलिहवाका निमित्त कार्यालय प्रमुख दिनहरी सापकोटा र घरेलु तथा साना साना उद्योग कार्यालय तौलिहवाका श्रवण कुमार सैनीले प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा नगर उपप्रमुख रिता थारु, नेपाल उद्योग ब्यापार महासंघका केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेशका कार्यवाहक अध्यक्ष खेम श्रीष, लगायतको सहभागिता थियो ।

वरिष्ठ उपाध्यक्ष खिमानन्द कोपीलको अध्यक्षता, पत्रकार चन्द्रकान्त न्यौपानेकोे संचालनमा सम्पन्न कार्यक्रममा यस क्षेत्रका करिब २०० व्यवसायीको सहभागिता थियो ।

प्रकाशित मिति : १९ पुस २०७९, मंगलबार  ६ : १७ बजे