४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

उद्योग ब्यापार संघ कपिलवस्तुले भोलि कर प्रशिक्षण कार्यक्रम गर्दै



कपिलवस्तु । उद्योग ब्यापार संघ कपिलवस्तुले भोलि कर प्रशिक्षण कार्यक्रम गर्ने भएको छ । ब्यापारी ब्यवसायीमा अझै पनि कर सम्बन्धि धेरै द्धिविधा रहेका कारण उनीहरुलाई कर सम्बन्धि जानकारी दिन विज्ञहरुको सहभागितामा संघले कार्यक्रम गर्ने भएको हो ।

पिस हिमालय रिसोर्ट ठाकुरापुरमा विहान ११ बजे आयोजना हुने कार्यक्रममा कर शिक्षा, प्रशिक्षण र अन्तरक्रिया गर्ने र ब्यवसायीले नबुझेको मिस म्याच लगायतका बारेमा जानकारी दिइने संघका जिल्ला अध्यक्ष हुमानाथ पौडेलले बताए ।

आन्तरिक राजस्व कार्यालय, कर सेवा केन्द्र तथा घरेलु तथा साना उद्योग कार्यालय तौलिहवाको सहकार्यमा हुने कार्यक्रम महत्वपूर्ण भएकाले अनिवार्य सहभागिताको लागि उद्योग ब्यापार महासंघ लुम्बिनी प्रदेशका उप-महासचिव खिमानन्द पौडेल (कोपिल) को आग्रह छ ।

महासंघका केन्द्रिय सदस्य टोपनारायण बेलबासेले महासंघ साना र पीडामा रहेका ब्यवसायीको पक्षमा काम गर्ने संस्था भएकाले अगामी दिनमा थप जनचेतनामुलक कार्यक्रम गरिने बताए ।

उद्योग वाणिज्य महासंघ ठुला र घराना ब्यवसायीको पक्षमा रहेर ससाना ब्यवसायीका समस्या नहेर्दा देशभर ठुलो समस्या निम्तिएको बेलबासेको ठम्याई छ ।

प्रकाशित मिति : १८ पुस २०७९, सोमबार  ११ : ४१ बजे