२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

लुम्बिनी प्रदेशः एमाले संसदीय दलको नेतामा लीला गिरी



बुटवल । नेकपा (एमाले) बाट लुम्बिनी प्रदेशसभामा संसदीय दलको नेतामा लीला गिरी सर्वसम्मत चयन भएका छन् ।

लुम्बिनी प्रदेशसभा सह-इन्चार्जसमेत रहेका गिरी आइतबार दलको नेतामा सर्सम्मत चयन भएको एमालेका नेता डा. बालकृष्ण चापागाईंले जानकारी दिए ।

गिरी पोलिटब्युरो सदस्यसमेत हुन् । उनी यसअघि शंकर पोखरेल मुख्यमन्त्री हुँदा मन्त्री थिए । उनी रूपन्देही–२ (१) बाट निर्वाचित भएका हुन् ।

एमालेले लुम्बिनी प्रदेश सरकारको नेतृत्व गर्ने अवसर पाए गिरी मुख्यमन्त्री बन्नेछन् । प्रदेशमा ठूलो दल भएकाले एमालेले नेतृत्व पाउनुपर्ने एमालेको दाबी छ ।

प्रकाशित मिति : १७ पुस २०७९, आइतबार  ५ : ०७ बजे