२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

बाणगंगा खानेपानीको ‘उपाध्यक्ष’ मा कृति मल्लले उम्मेद्वारी दिने



कपिलवस्तु । कपिलवस्तुमा सफल व्यवसायीको रुपमा चिनिएका कृति मल्ल ठकुरीले बाणगंगा खानेपानी तथा सरसफाई उपभोक्ता समितीको अबको नेतृत्वको उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् ।

संस्थागत विकास र उपभोक्ताको हक हितमा आफ्ना कार्यलाई निरन्तरता दिने प्रतिवद्धता अनुरुप आफू उपाध्यक्षमा उठ्ने लागेको मल्लले फेसबुकमार्फत जनाएका छन् । मल्ल काष्ठ बयवसायी हुन् भने बिभिन्न सामाजिक संघसंस्थामा पनि आवद्ध छन् ।

उनी लेख्छन् ‘हार्दिक अपिल
नमस्कार म कृति मल्ल
बाणगंगा खानेपानी तथा सरसफाई उपभोक्ता समितीको हुन गईरहेको अधिवेशनमा उपाध्यक्ष पदमा मेरो उम्मेद्वारी रहेको सम्पुर्ण उपभोक्ताहरुलाई जानकारी गराउँदछु । संस्थागत विकास र उपभोक्ताको हक हितमा आफ्ना कार्यलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्दछु ।’

आफूलाई अधिकांस उपभोक्ताको साथ रहेको बताउँदै मल्लले चुनावमा जित्ने दावी गरे । संस्थाको अधिवेशन यही पौष ३० गते वाणगंगा २ नन्दनगरमा  हुँदैछ ।

प्रकाशित मिति : १६ पुस २०७९, शनिबार  ७ : ३४ बजे