४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

१ अर्ब बढी लगानीको सुविधायुक्त’तायो इको’, ६० जनाले पाए रोजगारी



काठमाण्डौँ । काठमाडौंबाट पूर्वतर्फ नजिकै भक्तपुरको डाँडामा पर्ने नगरकोटलाई उपत्यकाको पर्यटन हब भन्दा अत्युक्ति हुँदैन। विशेषतः सूर्योदय अवलोकन गर्ने र राजधानी सहरको कोलाहलबाट अलग भएर प्राकृतिक वातावरणमा रम्न चाहनेका लागि नगरकोट निकै राम्रो गन्तव्य मानिन्छ।

नेपालीसँगै अन्तर्राष्ट्रिय पर्यटकका लागि यहाँ थुप्रै होटल र रिसोर्ट छन्। यिनीहरूमाझ भर्खरै थपिएको छ ‘तायो’ इको रिसोर्ट।

यो रिसोर्ट नेपाल वायुसेवा निगमका पूर्वप्रबन्ध निर्देशक सुगतरत्न कंसाकार र उनको परिवारले सञ्चालनमा ल्याएको हो। रिसोर्टका सञ्चालक तथा प्रबन्ध निर्देशक भने उनका छोरा सुमीररत्न कंसाकार छन्।

सुगतरत्नका अनुसार यो रिसोर्ट एक अर्ब १६ करोड रूपैयाँ लगानीमा सुरू भएको हो। रिसोर्टमा अन्तर्राष्ट्रिय चेन ल्याउने तयारी रहेको सुगतरत्नले बताए।

अन्तर्राष्ट्रिय चेन भित्र्याउन छलफल गरिरहेका छौं, निश्चित भइसकेको छैन, उनले भने।

सुगतरत्नका अनुसार रिसोर्टको नाममा प्रयोग भएको तायो शब्द नेपाल भाषाको हो। जीवित देवी कुमारीले घाँटीमा लगाउने ुहारु लाई नेपाल भाषामा तायो भनिन्छ।

रिसोर्ट साजसज्जामा नेवारी वास्तुकला नै अवलम्बन गरिएको छ।

यो रिसोर्ट पाँच वर्षअघि बन्न सुरू भएको थियो। कोरोना भाइरस संक्रमण र लकडाउनका निर्माणमा केही ढिलाइ भयो। अब भने तायो इको रिसोर्ट पाहुनाका लागि तयार भएको छ।

ुहाम्रो रिसोर्ट पाहुनाको प्रतीक्षामा छ। यहाँ परम्परागत र आधुनिक प्रविधिको सम्मिश्रणमा आधुनिक सेवासुविधा पाइन्छ, उनले भने।

आगामी सप्तारम्भमा सुरू हुने अंग्रेजी नयाँ वर्षलाई लक्षित गरेर रिसोर्टक सफ्ट ओपनिङु भएको छ। नयाँ वर्षका निम्ति बुकिङ समेत भइरहेको उनले बताए।

जंगलको बीचमा ३० रोपनी क्षेत्रफलमा फैलिएको यो रिसोर्ट पस्नासाथ फल्चाु गल्ली फेला पर्छ। यही गल्लीबाट केही पर ४० वटा गाडी अटाउने पार्किङ छ। यसपछि रिसोर्टको मुख्य संरचनामा पुगिन्छ। यहाँको वातावरण शान्त छ।

यहाँबाट हिमशृंखला र उपत्यकाको दृश्यावलोकन गर्न सकिन्छ।

रिसोर्टमा नेपाली शैलीका दस वटा कटेज छन्। एउटा कटेजमा चार वटा बेड छन्। कुल ४२ कोठा छन्। यीमध्ये दुइटा स्विट र ४० वटा डिलक्स हुन्।

सुगतरत्नका अनुसार एउटा डिलक्स कोठामा बस्न एक रातको १५ हजार रूपैयाँ तिर्नुपर्छ। यसमा ब्रेकफस्ट र खाना समावेश हुन्छ।

रिसोर्टमा दुचुला नामको रेस्टुरेन्ट र पुलुकिसी नामको बार छ। स्विमिङ पुल नहुने कुरै भएन। एक पटकमा ९० जना अटाउने सभाकक्ष छ।

आगन्तुकका लागि अधिकांश संरचना तयार छ, केही तयार हुँदैछ।

ुनयाँ वर्षलाई लक्षित गरेर हामीले रिसोर्टको सफ्ट ओपनिङ मंसिर अन्तिममा गर्‍यौं,ु सुगतरत्नले भने, ुकेही संरचनाहरू तयार हुँदैछन्। ग्र्यान्ड ओपनिङ तीन महिनापछि हुन्छ।

रिसोर्टमा सौर्य ऊर्जा जडान गरिएको छ। पर्यावरणअनुकूल सेवा दिने उद्देश्यले सौर्य ऊर्जा जडान गरिएको उनले बताए। हाल स्विट रूम, सभाकक्ष र स्पाको काम भइरहेको छ। त्यस्तै रिसोर्टले ह्विलचेयर प्रयोगकर्ताको सुविधा पनि विचार गरेर संरचना निर्माण गरेको छ। ह्विलचेयरबाटै रिसोर्ट परिसर घुम्न सकिन्छ।

नगरकोटमा यस्तो सेवासुविधा भएको रिसोर्ट यही मात्र भएको उनको दाबी छ। यसकारण ह्विलचेयर प्रयोगकर्ताहरू तायो इको रिसोर्टमा आकर्षित हुने अपेक्षा रहेको उनले बताए।

ुडाँडो र भिरालो क्षेत्र भए पनि ह्विलचेयरमा जान मिल्ने बनाएका छौं। ह्विलचेयर प्रयोगकर्ताहरू पनि रिसोर्ट घुम्न आउन सक्नुहुन्छ, सुगतरत्नले भने, ह्विलचेयरबाटै कटेज, मिटिङ हल, रेस्टुरेन्ट जान मिल्ने गरी नगरकोटमा बनेको यो पहिलो रिसोर्ट हो।

रिसोर्टमा भारतको पाँचतारे होटलमा डेढ दशक काम गरेका सेफ छन्। हालका लागि यहाँ नेपाली र इन्डियन किचन हुनेछ। परिकारको मेनुमा पनि काम भइरहेको छ।

उनका अनुसार रिसोर्टमा कम्तीमा ६० जनाले रोजगारी पाउने छन्। उच्च स्तरीय सेवा दिने गरी निर्माण गरिएको रिसोर्टलाई पाँचतारे स्तरको रेटिङका लागि पर्यटन विभागमा आवेदन दिइएको पनि उनले जानकारी दिए।

रिसोर्ट बनेको यो जमिन सुगतरत्नले २५ वर्षअघि किनेका थिए। त्यति बेला रिसोर्ट बनाउने सोचेका थिएनन्। काठमाडौंको व्यस्त दैनिकीबाट रिफ्रेसमेन्टु खोज्दै जाँदा सुगतरत्नलाई नगरकोट खुबै मन परेको थियो। त्यति बेलै आठ रोपनी जग्गा किनेको उनले बताए।

ुसुरूमा आठ रोपनी किनेको थिएँ, त्यसपछिका वर्षहरूमा जग्गामा थप लगानी गर्दै गयौं, सुगतरत्नले भने, लामो समयदेखि यो जमिन घाँस उम्रेर झाडी भएको थियो।

छोरा सुमीररत्न सिंगापुरमा हस्पिटालिटी पढेर फर्किएपछि भने पारिवारिक सल्लाहअनुसार यहाँ रिसोर्ट बनाउने निधो भएको उनले बताए। रिसोर्टको अवधारणा सात वर्षअघि आएको हो। कंसाकार परिवारले रिसोर्ट बनाउन बैंकबाट ऋण लिएको छ।

आगामी दिनमा नगरकोट जाने पर्यटकका लागि तायो इको रिसोर्ट उत्तम गन्तव्य हुने विश्वास छ, उनले भने।
सेतोपाटीबाट

प्रकाशित मिति : १६ पुस २०७९, शनिबार  ५ : ४८ बजे