२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

शुक्रबारको लागि कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक



काठमाण्डौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ।

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार शुक्रबार दिउँसो १ बजेका लागि बैठक बोलाइएको हो। ललितपुरको सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा बैठक बस्ने भएको हो।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थित हुन अनुरोध गरिएको छ।

बैठकमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको समीक्षा गरिने मुख्य सचिव पौडेलले जानकारी दिए।

यस्तै समसामयिक राजनीतिका सन्दर्भ, विविध विषयमा छलफल हुने बताइएको छ।

प्रकाशित मिति : १२ पुस २०७९, मंगलबार  ३ : ४८ बजे