२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

योद्धाहरूको सम्झनामा दौड



लन्डन । लन्डनका नेपालीले गोर्खा वेलफेयर ट्रष्टको सहयोगार्थ च्यारिटी दौड गरेका छन् । विश्वयुद्धमा ज्यान गुमाएका योद्धाहरुको सम्झनामा ‘रिमेम्बरेन्स डे’ भइरहँदा नोभेम्बर १३ तारिख आइतबार नेपाल रन यूकेले गरेको ‘नर्थल्ट १० के’ मा सैयौं नेपालीले उत्साहजनक सहभागिता जनाए ।

बेलायतको वित्तिय सेवामा अग्रणी ए–स्टार फाइनान्सियल सोलुसन्स प्रमुख प्रायोजक रहेको उक्त दौड नर्थला फिल्ड पार्क, नर्थल्टमा भएको हो ।

दौडमा करिब २०० नेपाली तथा बेलायती धावकको सहभागिता रहेको आयोजकले जनाएका छन् ।

दौड सुरु हुनुअघि लण्डनस्थित नेपाली दूतावासकी उपनियोग प्रमुख रोशन खनाल र गोर्खा वेलफेयर ट्रष्टकी प्रतिनिधि केटा हन्टले शुभकामना दिएका थिए ।

भूतपूर्व गोर्खा निर्मल थापाले पाइपर धुन बजाएपछि विश्वयुद्धमा ज्यान गुमाएका योद्धाहरुको सम्झनामा दुई मिनेट मौनधारण गरिएको थियो ।

उपनियोग प्रमुख खनालले यस किसिमका इभेन्टले नेपालीलाई तन्दुरुस्त रहन प्रेरित गर्ने मात्र नभई सामाजिक एकता र सद्भावमा समेत सघाउने बताइन् ।

प्रकाशित मिति : १२ पुस २०७९, मंगलबार  ३ : २७ बजे