२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

कर्णाली प्रदेशमा कसले पाउला मुख्यमन्त्री ?



काठमाण्डौँ । आइतरबार मात्रै केन्द्रमा नयाँ राजनीतिक समीकरण बनेसँगै नेताहरुले १५ वर्षसम्मका लागि जाने भनेको सत्ता गठबन्धन टुटेको छ। सत्ता गठबन्धनकै आडमा कर्णाली प्रदेशको नेतृत्व गरिरहेको नेपाली कांग्रेसलाई ठूलो धक्का लागेको छ।

वाम–लोकतान्त्रिक गठबन्धन कायमै रहेको खण्डमा कर्णालीमा फेरि पनि सरकारको नेतृत्व गर्नका लागि तयारी थालेको थियो। छिनभरमै सत्ता गठबन्धन टुट्दा गत मंसिरमा भएको आम निर्वाचनबाट कर्णाली प्रदेशमा १४ सिट जितेर पहलो पार्टी बनेको नेपाली कांग्रेस प्रतिपक्षको सिटमा पुगेको छ।

केन्द्रमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका दलहरुबीच माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाएर नयाँ वाम गठवनन्धनसहित अगाडि बढ्ने सहमति भएसँगै कर्णालीको भावी सरकार माआवादी, एमाले र राप्रपाको समीकरणमा बन्ने भएको छ।

कांग्रेस–माओवादीबीचको गठवन्धन भत्किएसँगै नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीको मुख्यमन्त्रीमा दोहोरिने सपनामा ब्रेक लागेको छ भने कर्णाली प्रदेशमा तेस्रो दल बनेको नेकपा एमालेको सरकार निर्माणमा इन्ट्रि भएको छ।

केन्द्रमा विभिन्न दलसँगै बहुमत पुगेजस्तै कर्णाली प्रदेशसभामा माओवादी, एमाले र राप्रपासँग स्पष्ट बहुमत छ। माओवादी केन्द्रसँग १३, एमालेसँग १० र राप्रपासँग १ सांसद छन्।

४० सदस्य रहेको कर्णाली प्रदेश सभामा सरकार गठनका लागि २१ जना सांसदको आवश्यकता पर्दछ। सत्तागठबन्धनका माओवादी १३, एमाले १० र राप्रपाका १ गरी जम्मा २४ जना सांसद भएका छन्। कर्णालीमा एमाले, माओवादी र राप्रपाबीच सरकार गठन हुने पक्कापक्की भएको छ।

कसले पाउला मुख्यमन्त्री ?

केन्द्रमा राजनीतिक समीकरण फेरिएसँगै कर्णाली प्रदेशको मुख्यमन्त्री एमाले(माओवादीमा कसले पाउला भन्ने विषयमा चर्चा सुरु भएको छ। नेपाली कांग्रेससँग गठबन्धन हुँदा पनि कर्णाली प्रदेश नेकपा माओवादी केन्द्रको आधार इलाका भएको भन्दै कर्णाली प्रदेशको नेतृत्व गर्नु पाउनु पर्ने माग राखेको थियो।

तर, नेकपा एमालेको नेतृत्वमा बनेको नयाँ गठबन्धनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीका लागि सहमति गरेपछि कर्णालीको नेतृत्व एमालेले आफूले गर्न पाउनुपर्ने माग गरेको छ।

२०७४ सालको आम निर्वाचनपछि एमालेरमाओवादी ९पछि नेकपा० को तर्फबाट एमालेका केपी शर्मा ओली प्रधानमन्त्री बनेपछि कर्णालीको नेतृत्व गर्ने भाग माओवादीलाई परेको थियो।

तर, यस पट्क ठ्याक्कै उल्टो भएको छ। माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएसँगै कर्णालीको नेतृत्व सुरुमा नेकपा एमालेले पाउने कुरामा ढुक्क भएको छ। एमाले अध्यक्ष ओलीले सात प्रदेश मध्ये एमाले कमजोर रहेको कर्णालीलाई पहिलो प्राथमिकतामा राख्न सक्नेछन्।

यस्तै, कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्रको नेतृत्वमा सरकार गठन हुनुपर्ने, त्यसैअनुसारको छलफलमा लाग्ने माओवादी कर्णाली प्रदेशले जनाएको छ। सुर्खेत निर्वाचन क्षेत्र नम्बर–१ प्रदेश सभा ९ख० बाट निर्वाचित सांसद तथा नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी उपाध्यक्ष कृष्णबहादुर जिसीले कर्णालीमा माओवादीकै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने बताए।

जिसीले भने, ‘हालसम्म सरकार निर्माणका लागि कुनै छलफल भएको छैन। नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश कमिटीको बैठक बसेपछि छलफल हुन्छ। तर, पनि माओवादीकै नेतृत्वमा सरकार गठनका लागि पहल हुनेछ।’

सरकार गठनका लागि थप पार्टीको बैठक बसेर निर्णय गर्ने उनले बताए।

उनले भने, ‘पार्टीको बैठक बस्छ। पार्टीले निर्णय गरेपछि संसदीय दललाई निर्देशन गर्छ।’

यस्तै, नेकपा माओवादी केन्द्रले मंगलबार मात्रै संसदीय दलको नेता चयन गर्ने जनाएको छ। संसदीय दलको नेताका लागि नेकपा माओवादी केन्द्रबाट दुई जनाको नाम चर्चामा छ। जसमा सुर्खेत निर्वाचन क्षेत्र नम्बर–२ प्रदेशसभा २ बाट निर्वाचित सांसद विन्दमान विष्ट र रुकुम पश्चिम प्रदेशसभा २ बाट निर्वाचित सांसद राजकुमार शर्मा।

माओवादीले संसदीय दलको नेताका चुनाव नगरि सर्वसम्मत नेता चयनका लागि प्रयास थालेको छ। यसो गर्दा संसदीय दलको नेतामा शर्माको सम्भावना बढी देखिन्छ।

यस्तै, नेकपा एमालेले कर्णाली प्रदेशसभामा प्रत्यक्षतर्फ ५ र समानुपातिकतर्फ ५ गरी जम्मा १० सिट जित्दा प्रतिनिधिसभातर्फ समानुपातिकमा ३ सिट बाहेक प्रत्यक्षमा कुनै पनि सिटमा जित हासिल गर्न सकेको छैन।

साथै, नेकपा एमालले संसदीय दलको नेता कहिले छान्ने भन्ने विषयमा कुनै छलफल गरेको छैन। संसदीय दलको नेताका लागि सुर्खेत निर्वाचन क्षेत्र नम्बर–२ प्रदेश सभा ९१० बाट निर्वाचित सांसद यामलाल कँडेल र दैलेख निर्वाचन क्षेत्र नम्बर–२ प्रदेश सभा ९२०बाट निर्वाचित सांसद विनोदकुमार शाहको नाम चर्चामा रहेको छ।

कँडेल नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज हुन् भने शाह एमालेका कर्णाली प्रदेश अध्यक्ष हुन्।

एमाले केन्द्रीय कमिटी सदस्य रहेका एक नेताले एमाले कर्णालीको संसदीय दलको नेता सर्वसम्मत चयन गर्ने बताए।

उनले भने, ‘संसदीय दलको नेतामा पार्टीले कँडेललाई अगाडि सार्छ होला। एमाले भित्र कतै पनि संसदीय दलको चुनाव हुँदैन। सर्वसम्मत नै नेता चयन हुन्छ।’

यस्तै, सांसद तथा एमाले कर्णाली अध्यक्ष शाहले केन्द्रमा बनेको समीकरण स्वागतयोग्य भएको बताए।

उनले भने, ‘केन्द्रमा बनेको समीकरण स्वागतयोग्य छ। अब रह्यो प्रदेश सरकार गठन, यो विषयमा हामीले विगतमा नेकपा रहँदा पनि नेतृत्व मागेका थियौँ। तर, त्यसो हुन सकेन। भावि सरकार एमालेको नेतृत्वमा जाने गरी छलफल हुनु स्वाभाविक नै हो र हुनु पनि पर्छ।’

कँडेल यसअघि २०७४ मा एमालेसँग स्पष्ट बहुमत हुँदा पनि मुख्यमन्त्री हुन गरेका पटक–पटकका प्रयासमा असफल भएका थिए।

हाल ४० सदस्यीय कर्णाली प्रदेशसभामा नेपाली कांग्रेस १४, नेकपा माओवादी केन्द्र १३, नेकपा एमाले १०, राप्रपा १, समाजवादी १ र स्वतन्त्र १ सिटमा विजयी भएका छन्।

प्रकाशित मिति : १२ पुस २०७९, मंगलबार  ३ : ०८ बजे