४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

रुसी सैन्य अखडामा युक्रेनी ड्रोन आक्रमण, तीन जनाको मृत्यु



एजेन्सी । रुसले देशको दक्षिणी भागमा रहेको आफ्नो एउटा सैन्य अखडामा युक्रेनी ड्रोन आक्रमणमा तीन जनाको मृत्यु भएको जनाएको छ । एयर डिफेन्स सिस्टमले कथितरुपमा ड्रोनलाई खसालेको तर ड्रोनबाट खसेको टुक्राका कारण उनीहरुको मृत्यु भएको बताइएको छ ।

रुसले यसअघि युक्रेनमाथि डिसेम्बर ५ मा रणनीतिक बमवर्षक विमानको बेसमा हमला गरेको आरोप लगाएको थियो। रुसका अनुसार आक्रमणमा धवनमार्गलाई निशाना बनाइएको थियो । यो सैन्य बेस युक्रेनसँगको सीमाको उत्तरपूर्वमा पाँच सय किलोमिटरको दूरीमा अवस्थित छ।

युक्रेनी सेनाले अहिलेसम्म यी आक्रमणहरूबारे आधिकारिक रूपमा टिप्पणी गरेको छैन। यसअघि सामाजिक सञ्जालमा केही भिडियोहरू पोस्ट गरिएका थिए जसमा विस्फोटको आवाज र हवाई चेतावनी सुनिएको थियो। ​साराटोभा क्षेत्रका गभर्नरले एंगेल्सका बासिन्दाहरूलाई कुनै खतरा नभएको बताएका छन्।

 

प्रकाशित मिति : ११ पुस २०७९, सोमबार  ३ : ०५ बजे