२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

म्यानपावर व्यवसायी भन्छन् ‘पासपोर्ट नबुझाउनोस्, अन्तरवार्ता नदिनोस्’



काठमाण्डौँ । वैदेशिक रोजगार ब्यवसायीहरुले विदेश जान अनिश्चित कालका लागि रोक लगाइएको हुनाले कुनै पनि दलाललाई पासपोर्ट नबुझाउन र अन्तरवार्ता नदिन नागरिक समक्ष अपील गरेका छन् ।
वैदेशिक रोजगार ब्यवसायीहरुले सरकारी निर्णयको विरोधमा म्यानपावर नै बन्द गरेका बेला युवाहरु ठगिन सक्ने भन्दै चासो ब्यक्त गरेका हुन् ।

शून्य लागतका वैदेशिक रोजगारमा पठाउने सरकारी निर्णयको विरोधमा म्यानपावर कार्यालयहरु नै बन्द गरी आन्दोलनमा उत्रिएका ब्यवसायीले विभिन्न माध्यमबाट विदेश जान प्रलोभनमा नपर्न विहीबार सार्वजनिक अपील गरेका छन् ।

प्रकाशित मिति : ११ पुस २०७९, सोमबार  २ : ३९ बजे