४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

त्रिवि केन्द्रिय विभाग तथा आंगिक क्याम्पसले पुस १७ गतेदेखि हिउँदे बिदा दिन सक्ने



काठमाडौं । त्रिभुवन विश्वविद्यालयका केन्द्रिय विभाग तथा सम्पूर्ण आंगिक क्याम्पसहरुले पुस १७ गतेदेखि हिउँदे बिदा दिन पाउने भएका छन् ।

त्रिवि रजिष्ट्रारको कार्यालय सूचना तथा जनसम्पर्क महाशाखाले सूचना जारी गर्दै त्रिभुवन विश्वविद्यालयका केन्द्रिय विभाग तथा सम्पूर्ण आंगिक क्याम्पसहरुले पुस १७ गतेदेखि बढीमा २२ दिन बिदा दिन सक्ने जनाएको छ ।

महाशाखा प्रमुख योगेन्द्रप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा त्रिवि कार्यकारी परिषदको निर्णय अनुसार केन्द्रिय विभाग तथा सम्पूर्ण आंगिक क्याम्पसहरुमा पूर्व व्यवस्था अनुसार शिक्षक र विद्यार्थीलाई दिँदै आएको हिउँदे बिदा यो वर्ष आ–आफ्नो निकायको अनुकुलता ९परीक्षा, कक्षा सञ्चालन आदि अवस्था० हेरेर पुस १७ गतेदेखि दिन सक्ने उल्लेख छ ।

प्रकाशित मिति : ११ पुस २०७९, सोमबार  २ : २१ बजे