४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

नागरिक उन्मुक्ति पार्टीले भन्यो सरकारमा सहभागी हुँदैनौँ



काठमाण्डौँ । नागरिक उन्मुक्ति पार्टी सरकारमा सहभागी नहुने भएको छ। अध्यक्ष रञ्जिता श्रेष्ठका अनुसार राजनीतिक माग पुरा नभएसम्म पार्टी सरकारमा सहभागी नहुने भएको हो।

‘हामी हाम्रो राजनीतिक मुद्दामा केन्द्रित छौँ। अहिले हामीले सरकारलाई समर्थन मात्रै गरेका हौँ। तत्कालै सरकारमा जाने हाम्रो सोच छैन,’ उनले सेतोपाटीसँग भनिन्।

श्रेष्ठले आज डिल्लीबजारस्थित कारागार पुगेर रेशम चौधरीसँग छलफल समेत गरेकी थिइन्। ‘आजको भेटघाट कुनै राजनीतिक सवालमा केन्द्रित थिएन। सामान्य र नियमित भेट अर्न्तगत भएको हो,’ उनले भनिन्।

नागरिक उन्मुक्ति पार्टीका पाँच सांसद छन्।

प्रकाशित मिति : ११ पुस २०७९, सोमबार  २ : १८ बजे