२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

२४ घन्टा खानपिनमा व्यस्त पाँच युवा



काठमाण्डौँ । रातिको ड्युटीमा खाजा खानु पर्‍यो वा खाना नै चाहियो। वा कहिलेकाहीँ जमघटमा खानेकुरा चाहियो। या भनौं घरपरिवारमै पनि चाहियो, के गर्नेरु

काठमाडौं सहरमा यसको समाधान छ। तपाईंले फुड डेलिभरी सेवामार्फत यस्तो सुविधा उपयोग गर्न सक्नु हुन्छ। यस्तै सेवा दिनेमध्ये एक हो ुखानपिनु।

यसले जुनसुकै समयमा तपाईंले भनेको ठाउँमा रोजेको परिकार ल्याइदिन्छ। खानपिन २०७५ साल कात्तिकमा सुरू भएको हो।

पाँच युवाहरूस ३२ वर्षीय शाश्वत अधिकारी, ३१ वर्षीया इशा बल्ल, २६ वर्षीय उमेश सापकोटा, २८ वर्षीय प्रसिद्ध अधिकारी र २८ वर्षकै विशाल श्रेष्ठले यसलाई दिनरात दौडाइरहेका छन्।

खानपिनको समग्र प्रशासनिक जिम्मेवारी इशाले सम्हाल्छिन्। शाश्वत र विशाल मार्केटिङ, उत्पादन र प्राविधिक विकासमा सक्रिय छन्। प्रसिद्ध र उमेश भान्साको व्यवस्थापन गर्छन्।

भ्कभधबलष्अ
शाश्वत र प्रसिद्ध दाजुभाइ हुन्। शाश्वत र विशालले करिब एक दशकदेखि विभिन्न क्षेत्रमा सहकार्य गरेका छन्। शाश्वत र इशाको भेट भने २०६८ सालतिर स्नातक तहका विद्यार्थी हुँदा भएको थियो। उनीहरूले नेसनल कलेज अफ इन्फर्मेसन एन्ड टेक्नोलोजीबाट स्नातक गरेका हुन्। इशा अहिले व्यापार प्रशासनमा स्नातकोत्तर गर्दैछिन्।

बायाँबाट क्रमशः प्रसिद्ध अधिकारी, इशा बल्ल र विशाल श्रेष्ठ।
बायाँबाट क्रमशः प्रसिद्ध अधिकारी र उमेश सापकोटा
उमेश र प्रसिद्ध पनि स्नातक तहका सहपाठी हुन्। २०७३ साल अन्तिमतिर दुवै जना इन्टर्नका लागि चीन गएका थिए।

ुस्नातक गर्दैगर्दा प्रशिक्षणका लागि चीन गएका थियौं,ु प्रसिद्धले भने, ुदाइ ९शाश्वत० सँग चीनको व्यवस्था र रात्रिकालीन चहलपहलबारे कुरा हुन्थ्यो। नेपालमा पनि केही व्यवस्थाहरू परिवर्तन गर्ने र विकास गर्ने मनसायमा खानपिन सुरू भएको हो।ु

प्रसिद्ध र उमेशले होटल व्यवस्थापनमा नेपाल एकेडेमी अफ टुरिजम एन्ड होटल म्यानेजमेन्ट ९न्याथम० बाट स्नातक गरेका छन्। यसपछि प्रसिद्धले आफ्नो पूरा समय खानपिनलाई दिए। उमेशले काम गर्दै स्नातकोत्तर पढे।

प्रसिद्धका अनुसार उनी र उमेश चीन हुँदा यता शाश्वत र विशालसँग सामाजिक सञ्जालमार्फत कुरा हुन्थ्यो। कुराकानीबीच एकदिन राति पनि चीनमा खाना डेलिभरी हुने विषय उठ्यो।

हामी सूचना प्रविधि क्षेत्रमा संलग्न थियौं। रातिको समयमा पनि धेरै काम हुन्थ्यो, शाश्वतले भने, भाइ प्रशिद्ध० ले भनेको जस्तो सेवाको कमी नेपालमा खट्किन्थ्यो। नेपालमा पनि रात्रिकालीन खाना डेलिभरीको सेवा हुनु पर्छ भन्ने लाग्यो।

२०७४ साल मध्यतिरको कुरा हो। कम्प्युटर इञ्जिनियर शाश्वत र विशालले सञ्चार सेवा प्रदायक ुएक घन्टीु नामक कम्पनी सुरू गरे। कम्प्युटर सफ्टवेयर इञ्जिनियर इशा पनि प्रविधिसम्बन्धी काममा व्यस्त थिइन्। उनीहरूको काम राति अबेरसम्म हुन्थ्यो।

रातिको समय काममा व्यस्त हुने हामीजस्तै अरू पनि होलान् भन्ने सोच्यौं। चीनमा जस्तै रात्रिकालीन डेलिभरी सेवा भारतमा पनि छ। युरोपेली राष्ट्रमा अझ बढी रहेछ, हाल खानपिनको नेतृत्व गरिरहेकी इशाले भनिन्, ुयस विषयमा अध्ययन गर्‍यौं। केही समय अध्ययनपछि सोही अवधारणा नेपालमा सुरू गर्ने सोच्यौं।

खानपिनका लागि उनीहरूले ुक्लाउड किचनु को अवधारणा ल्याए। उनीहरूका अनुसार त्यस बेला यसको अवधारणा नेपालका लागि नौलो थियो। क्लाउड किचन भनेको खाना डेलिभरी सेवा प्रदायकको आफ्नै भान्सा हो। अरू रेस्टुरेन्टको खाना डेलिभरी नगर्ने, आफ्नै भान्सामा तयार भएको मात्र गर्ने।

यसपछि पाँच जनाले २५ लाख रूपैयाँ लगानीमा खानपिन सुरू गरे। शाश्वतका अनुसार हालसम्मको लगानी एक करोडभन्दा बढी पुगेको छ। लगानीको बढी अंश क्लाउड किचनमा परेको छ।

सामान्य भान्सामा हुने सामग्री र उपकरणको तुलनामा क्लाउड किचनमा हुने सामग्री भिन्न हुन्छन्, उनले भने, यहाँको प्रविधि पनि भिन्न हुन्छ। त्यसैले क्लाउड किचनमा धेरै लगानी हुँदैछ।

सेवा सुरू गर्नुअघि करिब ६ महिना उनीहरूले अध्ययन र परीक्षण गरे। प्रसिद्ध र उमेशले चिनियाँ रेस्टुरेन्ट र क्लाउड किचनहरूबारे बुझे। करिब दुई महिना सम्भाव्यता अध्ययनपछि उनीहरूले सुरूमा आफ्नै साथीभाइहरू माझ सेवा पुर्‍याए। सकारात्मक प्रतिक्रिया पाएपछि बजार प्रवेश गरे।

रातिका लागि खाना अर्डर गर्नेको संख्या थोरै हुने अनुमान थियो। तर छोटो समयमै माग बढ्यो। उनीहरू उत्साहित भए।

ुसुरू गर्नासाथ ग्राहकहरूबाट सोचेभन्दा बढी अर्डर र चासो पायौं, इशाले भनिन्।

ललितपुर, नख्खुमा सानो अपार्टमेन्टबाट खानपिनको काम सुरू भएको थियो। अहिले यसको प्रमुख कार्यालय ललितपुरको पुल्चोकमा छ। तीन वर्षदेखि पोखरामा पनि सेवा दिइरहेका छन्।

उनीहरूलाई विभिन्न ठाउँबाट फ्रेन्चाइजको माग पनि आउँछ। तर अहिले नै फ्रेन्चाइज दिन आफूहरू सकारात्मक नरहेको शाश्वतले बताए।

खानपिनले परीक्षण क्रममा बेलुकी सात बजेदेखि बिहान तीन बजेसम्म खाना डेलिभरी गरेको थियो। केही दिनपछि बिहानको ६ बजेसम्म गर्न थाल्यो। दुई वर्षदेखि भने चौबीसै घन्टा सेवा उपलब्ध छ।

खानपिनका सञ्चालकहरू यहाँको खाना गुणस्तरीय भएको दाबी गर्छन्। खानपिनको भान्सा सम्हालेका प्रसिद्धले सुरूदेखि नै ग्राहकले खाना रूचाएको बताए।

होटल व्यवस्थापनको पृष्ठभूमि हुनाले काममा सहज भयो। सुरूमा उमेश र म खाना बनाउँथ्यौं, उनले भने, अहिले निर्देशन गर्छौं। ग्राहक प्रतिक्रिया अत्यन्त राम्रो छ।

खानपिनले ब्रेकफास्ट, लन्च, स्न्याक्स र डिनरका साथै बेकरी, पेय पदार्थ, रैथाने नेपाली परिकार, इन्डियन, कन्टिनेन्टल लगायत गरी १५० थरी परिकार बनाउँछ। काठमाडौं र पोखराको मेनुमा केही भिन्नता छ। नयाँ परिकार थप्ने परीक्षण हुँदैछ। ग्राहकहरूको मागअनुसार प्याकेज सेट पनि तयार हुन्छ।

प्रसिद्धका अनुसार अर्डर आएको ४५ मिनेटभित्र खाना डेलिभरी हुन्छ। कुनै अनपेक्षित अवस्थामा अलिक बढी समय लाग्न सक्छ। पोखरामा डेलिभरी समय ३० मिनेटदेखि ४५ मिनेटसम्म छ। पोखरामै बसेर उमेश हाल सेवा विस्तारमा सक्रिय छन्।

काठमाडौं र पोखरामा गरी खानपिनमा कम्तीमा १२० जनाले रोजगारी पाएको उनले बताए। काठमाडौंमा दैनिक कम्तीमा दुई सय जनाले र पोखरामा कम्तीमा सय जनाले सेवा लिन्छन्। यो संख्या मौसमअनुसार फरक पर्छ।

उनीहरूले ुखानपिन एकेडेमीु पनि चलाएका छन्। यसमा कम्पनीमा काम गर्ने तरिका, सिप र दक्षताबारे पाठ्यक्रम छ। खानपिनमा काम गर्न चाहनेले उक्त पाठ्यक्रमअनुसार परीक्षा उत्तीर्ण गर्नुपर्ने इशाले बताइन्।

आवश्यता भएरै एकेडेमी प्रणाली सुरू गरेका हौं। यो निकै प्रभावकारी साबित भएको छ, उनले भनिन्।

खानपिनले आफ्नो भान्सामा खानेकुरा तयार गरी केही रेस्टुरेन्टमा पनि दिने गरेको छ। केही डेलिभरी कम्पनीले खानपिनको खाना पुर्‍याइरहेका छन्।

सुरूका दिनमा उनीहरूलाई रात्रिकालीन सेवा दिन सहज थिएन। लुटपाट, दुर्व्यवहार, प्रहरी जाँच लगायत झेल्नु परेको थियो। हाल यसमा सुधार आएको इशा बताउँछिन्। ग्राहक सेवा केन्द्र र प्राविधिक प्रणाली बलियो भएकाले अन्य समस्या पनि कम हुँदै गएको छ। डेलिभरी गर्नेको सुरक्षाका लागि ट्र्याक गरिरहने उनले बताइन्।

खानपिनले आफ्नो सेवा ुहब एन्ड स्पोकु मोडलमा विस्तार गर्ने योजना बनाएको छ। यसमा केन्द्रीय जिम्मेवारी खानपिनको मुख्यालयको हुन्छ। फ्रेन्चाइजमा जस्तो जिम्मेवारी सुम्पिने हुँदैन।

ुहामी भर्खंरै पाइला चाल्दैछौं। लामो यात्रा गर्नु छ,ु शाश्वत भन्छन्, मानिसहरूले चाहेको खानाको सेवा उपलब्ध गराउँदै जीवन सहज बनाउने हाम्रो योजना हो।

अब खानपिनको सेवा भैरहवा, हेटौंडा, धरान, विराटनगर र चितवनमा पुर्‍याउने योजना छ।

व्यवसाय विस्तारमा लागिपरेका यी पाँच युवा विदेश होमिनुभन्दा नेपालमै कदरयोग्य काममा होमिन सकिने बताउँछन्। हामीकहाँ होटल तथा हस्पिटालिटी क्षेत्रमा आवश्यक मानव संसाधन कम भएकाले धेरै सम्भावना भएको पनि उनीहरूको भनाइ छ।
जुना श्रेष्ठले सेतोपार्टीको लागि लेखेको स्टोरी

प्रकाशित मिति : ११ पुस २०७९, सोमबार  १ : ४६ बजे