३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

मन्‍त्रालय बाँडफाँड गर्न सत्ता गठबन्धनको बैठक सुरू



काठमाडौँ — एमाले माओवादीसहितको सत्ता गठबन्धनको बैठक सुरू भएको छ । केहीबेरअघि सुरु भएको बैठकमा दलहरुबीच मन्‍त्रालय बाँडफाँडका विषयमा छलफल हुँदैछ ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्रीमा नियुक्ती भएसँगै दलहरुले मन्‍त्रालयको भागबन्डा गर्ने तयारी गरेका हुन् । सोमबार अपरान्ह ४ बजे दाहालसहित केही मन्‍त्रीहरूले राष्ट्रपति निवासमा शपथ लिने कार्यक्रम रहेको छ ।

गठबन्धनमा एमाले र माओवादीसहित राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी,नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टी छन् । यस्तै स्वतन्त्र सांसदहरु अमरेशकुमार सिंह र प्रभु साहले पनि सरकारलाई समर्थन गरेका छन् ।

प्रकाशित मिति : ११ पुस २०७९, सोमबार  १ : २२ बजे