२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

अमेरिकामा नेपाली साहित्य साँझ



काठमाडौँ । संयुक्त राज्य अमेरिकाको विस्कन्सिन राज्यस्थित म्याडिसन सहरमा १६औं वार्षिक नेपाली साहित्य साँझ आयोजना गरिएको छ । नेपाली अमेरिकी मैत्री संघ ९नाफा०ले गरेको कार्यक्रममा विभिन्न व्यक्तिहरुलाई पुरस्कार प्रदान गरियो ।
कार्यक्रममा कविता प्रतियोगिताअन्तर्गत प्रथम स्थान हासिल गर्ने लेखनाथ काफ्ले, दोस्रो स्थान हासिल गर्ने जीवन खड्का र तेस्रो स्थान हासिल गर्ने अप्सरा गिरीलाई ुविजय मल्ल साहित्य पुरस्कारु मार्फत पुरस्कृत गरियो ।

ुविजय मल्ल साहित्य पुरस्कारु प्रतियोगिताका लागि बाह्य निर्णायकको रुपमा नेपालबाट धीरेन्द्र प्रेमर्षि, विनोद अधिकारी, सुलोचना मानन्धर धिताल र आन्तरिक निर्णायकहरूमा मित्र पौडेल, सीता अर्याल तथा गंगा श्रेष्ठले थिए । विजय मल्ल साहित्य पुरस्कारका प्रतियोगीहरूका कविता वाचन पश्चात निर्णायक धीरेन्द्र प्रेमर्षिले मन्तव्य राखेका थिए ।

सहभागी प्रतियोगी सबैलाई नगद तथा प्रमाण पत्र प्रदान गरिएको थियो । नाफाद्वारा प्रायोजित ुसगरमाथा प्रज्ञा पुरस्कारु आविष्कार भारतीलाई प्रदान गरिएको थियो । सोही अवसरमा सीता अर्याल, एकबहादुर क्षत्री, राजेन्द्र अर्याल, श्री दिनार श्रेष्ठ, अबिमन पसछें, कृष्ण सिजापति र राधा सिजापतिद्वारा ुअपराध–सुधारु ९अन्तर्राष्ट्रिय कवितासंग्रह० को पनि लोकार्पण भएको थियो ।

प्रकाशित मिति : १० पुस २०७९, आइतबार  ८ : ४० बजे