३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

विद्यालयमा १ हजार ६९६ विद्यार्थी दीक्षित



काठमाण्डौं । काठमाडौं विश्वविद्यालयले १ हजार ६९६ विद्यार्थीलाई दीक्षित गरेको छ। धुलिखेलमा रहेको विश्वविद्यालयमा आयोजित कार्यक्रममा विभिन्न संकायका आठ जना विद्यावारीधिसहित, स्नातक र स्नातकोत्तरका एक हजार ६९९ विद्यार्थी दीक्षित भएका हुन्।

प्रधानमन्त्री तथा कूलपति शेरबहादुर देउवाको अध्यक्षता तथा वरिष्ठ फिजिसिएन तथा मुटुरोग विशेषज्ञ डा. मृगेन्द्रराज पाण्डेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विद्यार्थीलाई दीक्षित गरिएको हो। विश्वविद्यालयका अनुसार मानविकीका २२०, शिक्षाका २०२, इञ्जिनियरिङका २६, कानूनका ४०, व्यवस्थापनका ४५२, स्वास्थ्य विज्ञानका ७१२ र विज्ञान संकायका ३७ जना विद्यार्थी दीक्षित भएका छन् ।

दीक्षित हुने विद्यार्थीमध्ये ७३४ पुरुष र ९६५ महिला छन्। दीक्षित हुनेमा अस्ट्रिया, क्यानाडा, चीन, जर्मनी, भारत, इटाली, माल्दिभ्स पोर्चुगल, रूस, सिङ्गापुर, स्पेन, श्रीलङ्गा, ताइवान र संयुक्त राज्य अमेरिका गरी १४ देशका १८६ जना विदेशी विद्यार्थीसमेत रहेको विश्वविद्यालयले जनाएको छ । यस विश्वविद्यालयबाट ४० हजार ३५ जना उत्तीण भइसकेका छन् ।

प्रकाशित मिति : १० पुस २०७९, आइतबार  ८ : २७ बजे