२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

इडन बोर्डिङ स्कुलको अध्यक्षमा पुन: नकुल



बुटवल। इडन वोर्डिङ स्कुल वुटवल–११ नहरपुरको आठौं साधारणसभा तथा चौथो अधिवेशनले पुनः नकुल शाही ठकुरीको अध्यक्षतामा नयाँ संचालक समिति गठन भएको छ।

संचालक समितिको सदस्यहरु जोगवहादुर सुर्यवंशी, भिमलाल तिवारी, शालिकराम श्रेष्ठ, ध्रुव खड्का, कृष्णबहादुर थापा र सदस्यसचिवमा शिवहरी भट्टराईलाई सर्वसम्मत चयन भएका छन् । तीन बर्षे कार्यकालको लागि सञ्चालक समिति गठन गरिएको हो । त्यसैगरी समितिको सल्लाहकारहरुमा टेकलाल गुरुङ,बावुराम शाही ठकुरी,लक्ष्मण शाही ठकुरी,कुसुम खड्का र अर्जुन शाही ठकुरी चयन भएका छन् ।

त्यसैगरी लेखा सुपरीबेक्षण समितिको संयोजकमा खुम बहादुर सराङ्कोटी र सदस्यहरुमा गणेश मन्डल धानुक र दौमाया गुरुङ चयन भएका छन् । साधारण सभाले अध्यक्षको प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन र प्राचार्यद्वारा प्रस्तुत शैक्षिक प्रगति प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरेको थियो ।

प्रकाशित मिति : १० पुस २०७९, आइतबार  ८ : २४ बजे