३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

मिनेन्द्र रिजाल भन्छन् चुनावअघिको गठबन्धन पछि हुने यस्तै हो



पोखरा । नेपाली कांग्रेससँगको गठबन्धन तोड्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेसहितका दलको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा र प्रचण्डले गठबन्धन १०–१५ वर्षसम्म जाने बताउँदै आए पनि पहिला प्रधानमन्त्री बन्ने दुवै नेताको अडानले गठबन्धन फुट्यो ।

गठबन्धन फुटाएर प्रचण्ड प्रधानमन्त्री बन्न सफल भए । कांग्रेस भने अब संघीय सरकारमा मात्र नभएर सातै प्रदेशमा प्रमुख विपक्षी दल बन्ने भएको छ ।

यसै सन्दर्भमा नेपाली कांग्रेसका नेता डा। मिनेन्द्र रिजालसँगको कुराकानीको सम्पादित अंश ।

चुनावका बेलामा यो गठबन्धन १०र१५ वर्षसम्म जाने भनिएको थियो, अहिले अचानक किन टुट्यो ?

चुनावमा जनताको २–४ प्रतिशत समर्थन एउटा पार्टीबाट अर्को पार्टीमा जाँदाखेरि सत्ता परिवर्तन हुने नेपालको परिस्थिति छ । कांग्रेस र एमालेबीचको प्रतिस्पर्धा यति खरो थियो कि यो पालि पनि चुनावमा पुग्दासम्म ३–४ प्रतिशत मत जता गयो उसको सत्ता बन्थ्यो । ओलीजीले त्यो परिस्थिति सहज मान्नुभएन २०७४ सालमा गठबन्धन निर्माण गरेर चुनाव लड्नुभयो, अन्तिम सत्य सत्ता हो भनेर ।

हामीले उहाँकै किताब पढेर फेरि यस वर्षको चुनावमा अन्तिम सत्य सत्ता हो भनेर गठबन्धन गर्‍यौं । जनताको २–४ प्रतिशत मतले सत्ता निर्माण हुने वा विघटन हुने जोखिम उठाउनुभन्दा चुनाव भन्दा पहिला सत्ता निर्माण गरौं भनेर हामीले गठबन्धन निर्माण गर्‍यौं । गठबन्धनको हाम्रो मूल भाष्य पनि के थियो भने गठबन्धन नगरी सत्ता आउँछ त रु गठबन्धन नगरी चुनाव जितिन्छ त रु सत्य सबैका अगाडि थियो । जसले जसलाई झुक्याएर सत्ता प्राप्ति गरे पनि हुन्थ्यो भन्ने थियो ।

यसमा खुशी मान्नुहुन्छ भन्नुभयो भने म खुशी मान्दिनँ । कहीं न कहीं यस्तो राजनीति सकिनुपर्छ ।

राजनीतिलाई प्रतिस्पर्धाभित्र राख्न सक्यो भने राजनीति सहज हुन्छ, लोकतन्त्र बलियो हुन्छ । राजनीतिलाई वैरभावको, वैमनस्यताको ठाउँमा लिएर गयौं भने राजनीति जहिले पनि अप्ठेरोमा पुग्छ । हिजो त्यही राजनीति थियो २०७४ मा, आज पनि त्यही राजनीति सुरु भएको छ । यो राजनीति कहाँ गएर कसरी अवतरण हुन्छ, के के भएर दुर्घटना हुन्छ, के के कटुता निम्त्याउँछ, के के वैमनस्यता निम्त्याउँछ भन्न सकिन्न ।

बिहान एक ठाउँमा हात मिलाएर, हातेमालो गरेको पार्टी र नेताहरु साँझ अर्को ठाउँमा पुग्ने संस्कृति त ओली, प्रचण्डले न हामी कसैले पनि भन्न सक्दैनौं यसमा हामी थिएनौं भनेर ।

अर्को कुरा, मेरो पार्टीमा अलिकति आत्तुरीको भाव छ । नेपाली कांग्रेसमा ८० वर्ष पुग्न थाल्नुभएको नेतादेखि ४० कटेका नेताहरु अग्रपंक्तिमा हुनुहुन्छ । अग्रपंक्तिमा भए पनि सबैमा आत्तुरीको भाव उत्तिकै छ ।

८० वर्ष कटेकालाई पनि आजै नभए कहिले होला र भन्ने छ । ४० कटेकालाई पनि म धेरै समय राजनीति गर्दिनँ अहिले नै मेरो पालो आइहाल्नुपर्छ भन्ने छ । त्यो आत्तुरीको भावबाट मुक्त गर्नुपर्छ, कांग्रेस प्रतिपक्षमा बसेर संगठन गर्नुपर्छ ।

यो पालि कांग्रेसले ७ प्रतिशत मत गुमाएको छ । कांग्रेसजस्तो पार्टीले यो समर्थन फिर्ता ल्याउन काठमाडौं र प्रदेश राजधानीको सयलमा बसेर निर्माण गर्ने सत्ताबाट कांग्रेसको संगठन बन्न सक्दैन । कांग्रेस विसर्जनको बाटोमा जाला कि भन्ने चिन्ता थियो । सरकार बन्न सकेन त्यसमा दुःख छ । कांग्रेस विसर्जनको बाटोमा होइन, पुनर्निर्माणको बाटोमा जान्छ भन्ने लागेको छ ।

राष्ट्रपतिदेखि सभामुखसम्म, प्रदेशप्रमुखदेखि मुख्यमन्त्री, मन्त्रालयहरु कांग्रेसले ठूलै गुमाउनुपर्छ । यो घटनालाई कसरी लिनुपर्छ ?

म राजनीतिलाई दिनरातको उहापोहदेखि अलि परबाट हेर्छु । काठमाडौंका कांग्रेस समेतको सत्ता निर्माण भएको भए कांग्रेससमेतको पद बाँडफाँट भएको भए कांग्रेसका लागि, लोकतन्त्रका लागि के हुन्थ्यो त सत्तामा पुग्ने व्यक्तिका लागि त सबैभन्दा ठूलो चकाचौध हुन्थ्यो होला ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले गएको प्रतिनिधिसभामा ठूलो पार्टीलाई बाहिर राखेर कस्तो लोकतन्त्रको अभ्यास गर्नुहोला भन्नुभएको थियो । अहिले कांग्रेस पहिलो शक्ति हुँदाहुँदै एमाले दोस्रो पार्टीले सरकार निर्माणको अग्रसरता लिएको छ, यसलाई कसरी लिनुहुन्छ ?

केपी ओलीले के अनुकरणीय काम गर्नुभएको छ र उहाँले गरेको कुराको टीकाटिप्पणी गर्ने रु उहाँको अनुकरण गरेर हामीले यो पालि दुस्ख पायौं नि त । उहाँको अनुकरण नगरेको भए त गठबन्धन बनाउँदैनथ्यौं । गठबन्धन जिन्दावाद भन्ने नाराबाट चुनाव लड्दैनथ्यौं ।

हामी नेपाली कांग्रेस जिन्दावाद भनेर नेपाली कांग्रेसको आदर्श जिन्दावाद भनेर चुनाव लड्थ्यौं । त्यसैले गठबन्धन जिन्दावाद भन्ने संस्कृति उहाँले भित्र्याउनुभयो, त्यसलाई हामीले फलो गर्‍यौं । त्यसको परिणाम व्यहोरिरहेका छौं ।

त्यसैले अब उहाँका बारेमा आलोचना, टीकाटिप्पणी गर्ने भन्दा, उहाँलाई अनुकरण गर्ने भन्दा हामीले कांग्रेसलाई हाम्रो नेताहरुले जुन बाटोमा कांग्रेस बनाउनुभयो, २००३ सालमा बीपीले जुन आदर्श बोकेर कांग्रेस बनाउनुभयो त्यो बाटोमा जान नयाँ विन्दुबाट यात्रा सुरु भएको छ ।

कांग्रेस कम्युनिस्टको गठबन्धन नफाप्दो रहेछ होइन ?

कांग्रेस कम्युनिस्ट नै हामी कहाँ रह्यौं र रु हामी सत्ताको सुविधाका लागि जो जोसँग जहिले पनि मिल्छौं । जो जोसँग, जहिले जसलाई झुक्याएर मिले पनि हुन्छ भन्ने राजनीति न हो यो ।

प्रचण्डलाई तपाईंको के भनाइ छ त ?

सोख पूरा गर्नुभयो । अब तपाईंले सुरु गर्नुभएको सशस्त्र विद्रोहको राजनीतिलाई नेपालको शान्तिको, अहिंसाको लोकतन्त्रको मूलधारको राजनीतिमा जोड्नुस्, अवसरको राजनीति होइन । तपाईंको बाटोमा हिंडेर ज्यान फाल्न तयार भएका मानिसलाई अब नेपालको शान्तिको, लोकतन्त्रको, मूलधारको राजीतिमा जोड्नुस् ।

प्रकाशित मिति : १० पुस २०७९, आइतबार  ८ : १९ बजे