२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

परिस्थितिको सूक्ष्म अध्ययन गरी अगाडि बढ्ने समाजवादीको निर्णय



काठमाण्डौँ । नेकपा एकीकृत समाजवादी०ले एक्कासि विकसित मुलुकको राजनीतिक परिस्थितिको अध्ययन गरी देश, जनता र पार्टीको हितलाई सर्वोपरि ध्यानमा राखेर अगाडि बढ्ने निर्णय गरेको छ।

एकीकृत समाजवादीको आज बसेको केन्द्रीय सचिवालयको बैठकले पछिल्लो विकसित राजनीतिक घटनाक्रमलाई गम्भीरतापूर्वक छलफल गरी उक्त निर्णय गरेको महासचिव डा बेदुराम भुसालले जानकारी दिनुभयो।

बैठक पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको हो।

प्रकाशित मिति : १० पुस २०७९, आइतबार  ७ : ४३ बजे