३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

बजारमा सबैले पैसा छैन भन्छन्, बैङ्कको पैसा कहाँ गयो?



चन्द्रकान्त न्यौपाने

काठमाण्डौँ । उद्योग वाणिज्य संघ सर्लाहीका अध्यक्ष वीरन्द्र प्रसाद शाहले बैङ्कको पैसा कहाँ गयो रु भनेर प्रश्न गरेका छन् । देशको लागि केही गछौँ भनेर करोडौँ । अरबौँ लगानी गरेका देशभरका उद्योगी ब्यापारी आज पलायन हुने स्थितिमा कहिँकतैबट पैसा नआएको भन्दै शाहले बैङ्कको पैसा कहाँ गयो ? भनेर प्रश्न गरेका हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघको गतिविधि, देशभरको उद्योगी व्यवसायीको पीर–मर्का, समस्या, राज्यको दायित्व लगायतका विषयमा जानकारी लिने क्रममा दैनिक अनलाइनको टोली मधेश प्रदेशको वीरगंजमा पुगेको थियो । त्यहाँ भएको अन्तरक्रियामा शाहले आफूहरु अहिले निकै समस्यामा रहेको लगायतका बिषयमा धेरै भनाई राखेका थिए ।

भन्सार रोड मलंगवामा वि।सं २०४८ सालमा स्थापना भएको उद्योग वाणिज्य संघमा अहिलेसम्म करिब ६ सय औद्योगिक, व्यवसायिक र ब्यापारिक फर्म दर्ता रहेका छन् । हिजोको कठिन समस्याबाट अहिलेसम्मको अवस्थामा आइपुग्न निकै कठिन भए पनि सुधारका कामहरु धेरै भएको अध्यक्ष शाहको भनाई छ । तर पनि राज्यका कारण अहिले धेरै व्यवसायीले धेरै दुख पाएको उनले गुनासो राखे । ब्यापारीहरुमध्ये अझ धेरै समस्या बोर्डरमा व्यवसाय गरेकाहरुले भोग्नु परेको उनको भनाई छ ।

आखिर बैङ्कका पैसा कहाँ गए ?

कोरोनापछि व्यवसाय नै धरापमा परेको भन्दै उनले भने ‘पछिल्लो दुई बर्षदेखि लगानी छैन । भएको लगानीमा पनि चर्को ब्याज छ । समस्या पर्यो भन्दा बैङ्कले पैसा दिँदैनन् । जसले पनि बजारमा पैसा छैन भन्छन् । आखिर बैङ्कका पैसा कहाँ गए रु उनले भने कहिले सहकारीमा गए भनियो । ४५ सहकारीका अध्यक्ष टाँट पल्टेका छन् । अरुको हालत पनि उस्तै छ । आम मानसमा पैसा छैन भन्ने भइसक्यो । ब्यापारी घराना मिलिनियर्स र विलिििनयर्सले पनि पैसा छैन भन्छन् । हिँजो ए तपाईलाई कति करोड चाहियो भन्ने ठुला घराना व्यवसायीहरु पनि आज एक दुई लाखको लागि हामीसंग रोइकराई गरिरहनु भएको छ । आफै पैसाको खोजिमा छन् । पैसा जम्मा नगरिदिएसम्म उहाँहरुले हामीलाई सामान पठाउनुहुन्न । हामीले वैङ्कबाट पैसा पाउँदैनौँ राज्यको ढुकुटी कहाँ गयो रु किन बैङ्कमा पैसा भएन गठबन्धनले भन्नुपर्यो ।’
,
सरकारी नीति पारदर्शी नहुँदा बोर्डरमा समस्या
सरकारी नीति पारदर्शी नभएको कारण अध्यक्ष शाहले बोर्डरमा धेरै समस्या भएको बताए । सिमानाकामा भारु नोट नहुँदा आफूहरुको समस्यामा परेको भन्दै उनी भन्छन् ‘वोर्डरको समस्या पसल चलाउन समस्या । सरकारको नीति पारदर्शी छैन । भारु नोटको अभाव छ । भारु नोट ल्याउनलाई सरकारले नै बञ्चित गरेको छ । अनि मुलुकलाई कसरी प्रगतिको बाटोमा लैजान सक्छौँ । भारु ल्याउन भारतकै आश्रिततमा छौँ । सरकारले अब भारुको समस्या समाधान गर्नुपर्यो ।’

उनले स्वास्थ्य लगायतका सेवा लिन पनि भारतमै जानु पर्ने बाध्यता रहेको सुनाए । ‘हामीले कारोबारदेखि औषधी उपचार पनि भारतबाटै पाउँछौँ । काठमाण्डौँभन्दा छिटो हुन्छ । यहाँ स्वास्थ्यको ब्यापार भइरहेको छ । राम्रो हस्पिटल छैन । अनुभवी डाक्टर छैनन् । दरबन्दी छ तर औषधी छैन, दरबन्दी छ डाक्टर छैन । काठमाण्डौँमाभन्दा राम्रो स्वास्थ्य सेवा तिन चार घण्टामै पटना गएर पाउँछौँ । काठमाण्डौँ पुग्न झन् ढिलो हुन्छ । अब भारु नोट नभएपछि हामी कसरी चल्न सक्छौँ वोर्डरमा’, उनी भन्छन् ।

झोलेपोके ब्यापारीका कारण डुब्न थाल्यौँ

अध्यक्ष शाहले बोर्डरमा झोलेपोके ब्यापारीका कारण आफूहरुको व्यवसाय चौपट भएको बताए । प्रशासनसंग मिलेर उनीहरुको आडमा हरेक दिन करोडौँको कारोबार भइरहेको हुँदा यस्तो खेल तुरुन्त बन्द गर्नु पर्ने उनको माग छ । उनी भन्छन् ‘कर नतिर्ने, पान, भ्याटमा नभएका झोलेपोकेले हामीलाई डुवाउने भए । राज्यले उनीहरुलाई छुट दिन्छ । सज्जनलाई छुट छैन । टिभी फ्रिजमा शुल्क धेरै लिइन्छ भन्सारमा । यसको मर्का ब्यापारीलाई परिरहेको छ । गभरमेन्टले हामीलाई छुट दिनु पर्यो । जस्तै आलु प्याज यसमा छुट दिनुपर्यो ।’

सरकरको कमजोरीकै कारण भारतले चामल आयातमा २० प्रतिशत भन्सार लगाएको उनले बताए । तेलमा छुट गरेर भारतले चलाखीमा चामलमा भन्सार बढाएको उनको भनाई छ । भसार मुल्यांकनमा जाली नोटको कुरा आउँछ । अहिले जाली चलनमा छ । जाली नोट कहाँबाट आइरहेको छ, पाकिस्तान बंगलादेश, भारत, चाइना कहाँबाट आइरहेको छ यहाँ कसको संलग्नता छ रु सरकारले ध्यान दिनुपर्ने उनी बताउँछन् ।

नियमित विजुली नहुँदा पनि समस्या भयो
अध्यक्ष शाहले नियमित रुपमा विजुली नआउँदा अर्को समस्या आएको बताए । छिनछिनमा बिजुली आउने जाने गर्नाले विद्यूती उपकरणहरु इन्भटर, ब्याट्री आदि जलिरहेको बताउँदै यसले फ्याक्ट्रि नै बन्द गर्नु पर्ने अवस्थातर्फ सरकारले पहल गर्नुपर्ने उनको भनाई छ । अब सरकारले उद्योग क्षेत्रमा विजुलीको समस्या सदाका लागि समाधान गर्न आग्रह गरे । उनले लालबन्दीमा धान र गोलभेँडा खेती धेरै हुने हुँदा सरकारले कोल्ड स्टोजेर अर्थात् शीत भण्डारण केन्द्र बनाउन सके किसानको लागि धेरै राम्रो ह्ने बताए ।

प्रशासनले उद्योग वाणिज्य संघलाई पटक्कै टेर्दैन
अध्यक्ष शाहले प्रशासनले आफूहरुलाई कहिल्यै नटेर्ने बताए । उनले भने ‘प्रशासनले उद्योग वाणिज्य संघको कुरालाई प्रशासनले पटक्कै टेर्दैन । देखावटी हातेमेलो गर्नुहुन्छ । परेको बेला सहयोग हुँदैन । प्रशासनले स्टोरबाट पसलमा माल लैजाँदा पनि तङ गर्छ । पसलमै भएका सामानमा पनि अनावश्यक शंकामा दुख दिन्छ । गोदामबाट पसलमा ढुवानी भइरहेको रक्सी र केराको गाडी पथलैया राजस्वमा बुझायो पुलिसले । राम्रो ब्यापारीलाई डाँकाको ब्यावहार हुन्छ । प्रशासनलाई लाग्छ ठुलो उद्योग छ । ब्यापारीसंग टन्न पैसा छ । वैद्य सामानलाई अवैद भन्दै पैसा असुल्न खोज्छ । उनीहरुलाई थाहा छैन हामी लिलाम भइरहेका छौँ । लिएको क्रण तिर्न नसकेर सम्पति रोक्का छ । तर प्रशासनको हेर्ने नजर यिनीहरुलाई पेल्नु पर्दछ । लिगल्ली सामान आयात निर्यात भए पनि इलिगल भनेर दुख दिन्छ प्रहरीले । यसरी कसरी व्यापारी माथि लाग्छन, मेरो प्रश्न छ सरकारलाई् ।’
उद्योगी व्यवसायीमैत्री नीति नबन्दासम्म देशको विकास हुँदैन
अब विभेदकारी नीति हटाएर उद्योगी व्यवसायीमैत्री नीति नबन्दासम्म देशको विकास नहुने उनले बताए । दैनिक अनलाइनले आफ्ना कुराहरु सुनेको भन्दै अब सरकारले पनि सुन्नु पर्ने अध्यक्ष शाहले बताए । देशको अहिलेको बजेट, मौद्रिक निित लगायतले ब्यवसायीलार्ई पेलेको र पलायन हुने अवस्थामा पुर्याएको उनको आरोप छ ।

नेपाल उद्योग वाणिज्य महासंघ पनि दोषी

स–साना उद्योगी, व्यवसायीका समस्या समाधानमा सरकार मात्र दोषी नरहेर नेपाल उद्योग वाणिज्य महासंघ पनि दोषी रहेको अध्यक्ष शाहले आरोप लगाए । ठुला बयवसायीका मात्र कुरा नसुनेर व्यवसायीका वर्डर लगायतका समस्या समाधानमा महासंघले विशेष चासो राख्नु पर्ने, जिल्ला नगर अझै बढी चनाखो हुनुपर्ने, स्थानीय सरकारसंग अझै बढी समन्वयकारी भूमिका खेल्नु पर्ने उनको सुझाव छ ।
महासंघको चुनाव पनि आउन लागेकाले अब आफूहरुले यस्तै समस्याहरु नेतृत्वसमक्ष पुर्याउन देशब्यापी छलफल गरिरहेको उनको भनाई रहेको छ।

प्रकाशित मिति : १० पुस २०७९, आइतबार  ७ : ३३ बजे